महोत्सवको अन्तिम दिन भोली बिशेष साँस्कृतिक कार्यक्रम हुँदै, निःशुल्क प्रवेश दिइने


नेपालगन्ज २८ फाल्गुण :  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सडक डिभिजन परिसर कारकादोमा फाल्गणु १९ गतेदेखि आयोजना भएको प्रादेशिक महोत्सव २०७५ भोली बुधवार समापन हुँदै छ । बिशेष साँस्कृतिक कार्यक्रम सहित महोत्सव समापन गर्न लागिएको आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए ।
अन्य दिन जस्तै साँस्कृतिक कार्यक्रम आयोजना गरेपछि समापन समारोह हुने बैश्यले बताए । आयोजकले बुधवार समापन समारोहको बिशेष साँस्कृतिक समारोहमा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । बहुउदेश्य सभागृह निर्माण र व्यवसायीक हितका लागि महोत्सवको आयोजना गरिएको थियो ।

प्रकाशित मितिः     २८ फाल्गुन २०७५, मंगलवार २०:५५  |