‘पुरानै दिन नफर्काए हुन्थ्यो’


रांझामा राखिएको बम खेतमा लगेर निसिक्रय गर्दै सेना ।

बाँके :  बन्द,हड्ताल र बम बिस्फोटका घटना हुन थालेपछि सर्बसाधारणदेखि उद्योगी, व्यवसायीसम्मले पुरानै दिनको झल्को सम्झिएका छन् । द्धन्द्धकालको घाउ फेरी बल्झिने होकी भन्ने चिन्ताले सताउन थालेको छ । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माथि सरकारले अचानक लगाएको प्रतिबन्ध र त्यसपछि बिहिवार देशभर चन्द नेतृत्वको पार्टीले गरेको बन्दले सबैलाई त्रसित बनाएको छ ।
बन्दका कारण जनजीवन प्रभावित भएको छ भने ठाउँ ठाउँमा राखिएका बमले सन्त्रास फैलाएको छ । नेपालगन्जका युवा अरुण शर्मा सामाजिक सन्जालमा पुरानै दिन फर्किएको आशंका गर्दै सामाजिक सन्जालमा चिन्ता पोखेका छन् । सामाजिक सन्जाल प्रयोगकर्ताले द्धन्द्धको झझल्को सम्झिएका छन् ।


नीजिक्षेत्र सबैभन्दा बढि त्रसित छ । नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले राजनीतिक अस्थिरताको अपेक्षामा गम्भीर शंका उब्जिएको बताउँछन् । प्रादेशिक महोत्सव २०७५ लाई बुधवार नेपालगन्जमा समापन गर्दै ढकालले भने,–‘बलियो सरकार बन्यो अब लगानीको वातावरण बन्छकी भन्ने आश थियो । तर गम्भीर आशंका उब्जिएका छन् । हामी सरकारलाई यस तर्फ सचेत बन्न आग्रह
गर्छौै ।’
बन्दको प्रभाव नेपालगन्जमा समेत परेको छ । बिद्यालहरु बन्द छन् । रांझामा बम भेटिएपछि बिहान सेनाले निस्क्रिय पारेको छ । नेक्र बिक्रम चन्दले गरेको बन्दलाई सामान्य मानिएको छैन । यसले दुरगामी प्रभाव कस्तो पार्छ भनेर बिभिन्न आशंका र चिन्ता व्यक्त गर्ने गरिएको छ ।

प्रकाशित मितिः     ३० फाल्गुन २०७५, बिहीबार १०:३९  |