बाँकेका पुस्तक व्यवसायीले भने,–‘अंकित मूल्यमा पुस्तक बेच्दा मर्का पार्दैनौ’


बाँके :  नयाँ शैक्षित्र सत्रमा पाठ्यपुस्तकको बितरण व्यवस्थित बनाउन र अस्वस्थ्य प्रतिस्पर्धा हटाउन बाँकेका पुस्तक तथा स्टेशनरी व्यवसायीहरु सहमत भएका छन् । शनिबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जिल्ला भेला आयोजना गरी यि बिषयमा बृहद छलफल गरेको छ ।
जिल्ला भेलामा आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक बितरण कार्यलाई सरल र सहज बनाउने र व्यवसायीहरु बीच रहेको अस्वस्थ्य प्रतिस्पर्धा हटाउन अंकित मूल्यमा पुस्तक बिक्री बितरण गर्ने निर्णयलाई कडाईका साथ लागु गर्ने सहमति भएको महासंघका अध्यक्ष सालिक सुवेदीले जानकारी दिए । मूल्य समायोजनपछि  नयाँ शैक्षिक सत्रबाट सेवाग्राहीले अंकित मूल्यमै पुस्तकहरु किन्नुपर्ने छ ।


‘पुस्तकमा छुट दिनुपर्छ भन्ने कही व्यवस्था थिएन । अस्वस्थ्य प्रतिस्पर्धाका कारण छुट दिएर बिक्री गरिन्थ्यो’ महासंघका बाँके सचिव प्रदिप सापकोटाले भने,–‘यसपटकदेखि अस्वस्थ्य प्रतिस्पर्धा हटाउन अंकित मूल्यमै पुस्तक बिक्री हुन्छ ।’ व्यवसायीहरुले अंकित मूल्यमा पुस्तक किन्दा सेवाग्राहीलाई कुनै मर्का नपर्ने बताएका छन् ।
शनिबार भएको महासंघको जिल्ला भेलामा महासंघका प्रदेश अध्यक्ष बसन्त लामिछाने, केन्द्रीय सदस्य बुद्धि प्रसाद अधिकारी, प्रदेश पाँचबाट केन्द्रीय सदस्य हेमराज पौडेल,प्रदेश सल्लाहकार नरेन्द्र शर्मा, पूर्व उपाध्यक्ष रामप्रसाद गौतम, पूर्व केन्द्रीय सदस्य बसन्त हमाल,पूर्व अध्यक्ष नारायाण ज्ञवाली, प्रदेश सदस्य असरफ खान, दुर्गासिंह बस्नेत,लेखा समिति सदस्य गोकुल ढकाल लगायतको सहभागिता थियो ।

प्रकाशित मितिः     २ चैत्र २०७५, शनिबार १८:१४  |