प्रदेश ५ कृषि मन्त्रालयका आर्कषक १४ कार्यक्रम


प्रदेश ५ भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा कृषि तथा पशुपंछिका क्षेत्रमा नयाँ काम सुरु गरेको छ । शुन्यबाट काम सुरु गर्दा अन्यौलता छाएपनि नयाँ कार्यक्रम सुरु गर्न सफल भएको कृषि मन्त्री आरती पौडेलले बताईन । गृहजिल्ला बाँकेमा आईतबार उनले सार्वजनिक गरेको प्रगति बिबरणमा उल्लेखित कृषि क्षेत्रका नयाँ कार्यक्रम यस प्रकार छ ।

१. स्मार्ट कृषि गाउँ कार्यक्रम

कुल बिनियोजित रकम रु २६ करोड रहेकोमा प्रदेशका ५२ वटा निर्वाचन क्षेत्रमा ५२ वटा स्मार्ट गाउँ छनौट भई स्विकत भइसकेको छ । आधारभुत सर्वेक्षणको तयारी सुरु भएको छ । कार्यक्रम कार्ययोजना तथा समिति गठन कार्य भएको छ ।

२. शीत भण्डार कार्यक्रम

रु ५० करोड बिनियोजन रकम ५० करोड रहेकोमा शीत भण्डार निर्माण कार्यका लागि सुचना प्रकाशन कार्य सम्पन्न भई ५९ वटा प्रस्तावहरु संकलन भएको छ । फिल्ड प्रमाणिकरण कार्य चलिरहेको छ ।

३. प्रादेशिक कृषि बजार सुधार कार्यक्रम

मिति २०७५ चैत १० गते सुचना जारी भई प्रस्ताव संकलन कार्यक्रम पनि भइसकेको छ । प्रस्ताव संकलन क्रममा रहेको छ । कुल बिनियोजन रकम रु १० करोड रहेको छ ।

४. भूमिहिन किसानलाई करार खेती कार्यक्रम

रु १० करोड रकम बिनियोजित रकमबाट भूमिहिन किसानका लागि करार खेतीमा अनुदान दिई कृषि उत्पादन बृद्धि र गरिबी निवारणमा टेवा पुर्याउनका लागि कार्यबिधि तयार गरी मन्त्रीपरिषदबाट स्वीकृत भइसकेको छ । तेश्रो पटक सुचना माग गर्दा ९९ वटा प्रस्ताव संकलन गरिएको र प्रथम चरणका प्रमाणिकरण भई २२ वटा प्रस्ताव स्वीकृत भएका छन् ।

५. कृषि यान्त्रिकरण कार्यक्रम
कृषि यान्त्रिकरण मार्फत उत्पादन लागत घटाई प्रतिस्पर्धा क्षमता विकास तथा कृषिको आधुनिकिकरणका लागि कृषि यन्त्रहरु अनुदान उपलब्ध गराउनका लागि रु ३० करोड बिनियोजन रकमका लागि सुचना प्रकाशित गरिएको छ ।
६.स्थानिय तह तथा अन्य निकायको लागत साझेदारीमा कृषि कार्यक्रम

स्थानिय तहहरुको प्रस्तावना माग गरी ७५ वटा स्थानिय तहबाट पेश भएका कार्यक्रम स्विकृत भई ४५ वटासंग सम्झौता गरी कार्य अगाडी बढेको छ ।

७. भावी किसानका लागि सहयोगी कार्यक्रम
कृषि बिषय पढेका पिढीलाई कृषि पेशामा आर्कषित गर्न भावी किसानका लागि सहयोगी कार्यक्रम सन्चालन । यसका लागि रु १० करोड बिनियोजना गरिएको छ ।

८.सहकारी मार्फत संकलन केन्द्रका लागि ढुवानीको लागि गाडी खरिदमा अनुदान ।

९. कृषि प्राविधिकधारका बिद्यालयमा सहयोग कार्यक्रम

१०. गुठीको जग्गा अभिलेखिकरण गरी संरक्षण र सही उपयोग गर्नको लागि संसथागत संरचनाको व्यवस्था गरि गुठी जग्गाको व्यवस्थापन गर्ने ।
११. उन्नत घाँसको बिउबिजन भण्डारण निर्माण, चिलिगं भ्याट, दुध प्याकिेजिगं, मिल्क एनालाईजर जस्ता काममा अनुदान
१२. नयाँ श्रोत केन्द्र स्थापना कार्यक्रम, बाख, मौरी, फलफुल, पुष्प र मसलावबालीमा सहयोग
१३ गरिबीको रेखामुनि रहेका लागि बस्तुगत सहयोग ( अती गरिब जिल्ला ४ जिल्ला )
१४ भूमिहिन नागरिकका लागि सुरक्षित आवास कार्यक्रम

प्रकाशित मितिः     ४ चैत्र २०७५, सोमबार १०:५६  |