बाँकेमा ग्याँस र पानी उद्योगमा २८ करोड लगानी


नेपालगन्ज : बाँकेमा पानी, ग्याँस र विद्युतीय सामाग्री उत्पादनका क्षेत्रमा गत आर्थिक वर्षमा रु २८ करोड १० लाख लगानी भएको छ । पछिल्लो समय यि तीन क्षेत्रमा लगानी बृद्धि भइरहेको छ ।
बाँकेमा बैंक तथा बित्तियक्षेत्रले आर्थिक वर्ष २०७२र २०७३ मा रु ७० लाख, आर्थिक वर्ष ९६ लाख कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । बाँकेमा खान पकाउने ग्याँस उद्योग दुईवटा रहेका छन् । मनकामना र भेरी ग्याँस पहिलेदेखि नै सन्चालनमा रहेका छन् । खाना पकाउने ग्याँसका साथै यहाँ स्वास्थ्यक्षेत्रमा प्रयोग हुने अक्सिजन समेत उत्पादन हुन थालेपछि लगानी बढेको पाईएको छ । ग्याँस पछि सबैभन्दा लगानी भएको क्षेत्र पानी उद्योगलाई मानिन्छ । यहाँ साना ठुला झण्डै ३५ पानी उद्योग रहेका छन् । पानीको माग बढेपछि उद्योगको संख्या पनि बढेको छ । बाँकेमा बिद्युतीय सामाग्री उत्पादनको क्षेत्रमा अब्बल मानिन्छ । यहाँका उद्योगहरुले ट्रान्फरमरहरु उत्पादन गर्दै आएका छन् ।

प्रकाशित मितिः     ४ चैत्र २०७५, सोमबार १६:४९  |