बाँके : जिल्ला दुग्ध व्यवसायी संघ बाँकेले खुल्लारुपमा दुध बिक्री बितरण रोक्नुपर्ने माग गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । दुध बिक्री तथा गुणस्तरका बिषयमा सोमबारदेखि जारी भएको निर्देशिका कार्यान्वयनमा बल पुग्ने गरी दुग्ध व्यवसायी संघले प्रमुख जिल्ला अधिकारी मार्फत खुल्ला दुध नियन्त्रण गर्न माग गरेको हो ।
दुग्ध व्यवसायी संघले खुल्लारुपमा बिक्री हुने दुध स्वास्थ्यका लागि हानिकारक हुने दाबी गरिएको छ । यस्तै ज्ञापनपत्रमा भारतबाट गुणस्तर परिक्षण बिना दुध आउने क्रम नरोकिएको भन्दै रोक्न माग गरिएको छ । प्याकेजिगं नगरिएको दुध बिक्रीमा समेत रोक लगाउन भनिएको
छ ।
संघले किसानबाट सस्तोमा खरिद गरी मोटरसाईकलमा बिक्री हुने दुध नियन्त्रण गर्न माग गरिएको छ । यस्तो माग पछि एउटा गाई वा भैसी हुने किसानहरुले बिक्री गर्ने दुध बिक्री बितरणमा कस्तो असर पर्छ भन्ने अन्यौलता छाएको छ ।