खजुरामा नयाँ शैक्षिकसत्रबाट बिएसी एजि पढाई हुने


बाँके : बाँकेको खजुरा गाउँपालि वडा नम्बर ३ मा आगामी शैक्षिक सत्रबाट बिएसी एजि पढाई हुने भएको छ । जनता नमुना माध्यामिक बिद्यालयमा छुट्टै संकाय निर्माण गरी कृषि बिश्वबिद्यालय रामपुर चितवनले आंगिक क्याम्पसका रुपमा बिएसी एजिको पढाईका लागि स्वीकृत दिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
अब चाँडै भर्ना अभियान सुरु गरिने जानकारी दिईएको छ । उक्त क्याम्पस यसक्षेत्रकै पहिलो सरकारी कृषि क्याम्पसका रुपमा रहनेछ । क्याम्पस सन्चालनका बिषयमा प्रदेश सांसद आईपी खरेल, खजुरा गाउँपालिका अध्यक्ष कक्षपति लगायतको टोली कृषि बिश्वबिद्यालय रामपुर पुगेर फर्किएको छ ।
उक्त टोलीले कृषि बिश्वबिद्यालयका उपकुलपति डा इश्वरी प्रसाद ढकालसंग भेटेर बिभिन्न बिषयहरु राखेको छ । प्रदेश सभाषद खरेलले कृषि क्याम्पस खोल्ने खजुराबासीको सपना पुरा भएको बताए । उनले यसक्षेत्रकै अब्बल क्याम्पस पहल गर्ने पनि बताए ।

प्रकाशित मितिः     ६ चैत्र २०७५, बुधबार १२:५३  |