फेरी सुरुभयो मर्जरको लहर, कुन कुन बैंक जाँदैछन मर्जरमा


  • बैंकिगं खबरबाट

काठमाण्डौ : बैंकिङ क्षेत्रमा पछिल्लो समय मर्जरको लहर नै चलेको छ । नेपाल राष्ट्र बैंकले २०६८ मा मर्जर नीति तथा २०७२ मा ल्याएको पूँजी वृद्धि नीतिले उल्लेख्य रुपमा कमी ल्याएको थियो । उक्त प्रक्रियाले पूर्णविराम नपाउँदै बैंक तथा वित्तीय संस्थाहरुलाई संघीय संरचनामा लैजाने राष्ट्र बैंकको अर्को नीतिले पुनः बैंकिङ क्षेत्रमा मर्जरको लहर सुरु भएको हो । राष्ट्र बैंकको पछिल्लो नीतिले बैंहरुमा मात्र नभएर लघुवित्तको क्षेत्रमा पानी मर्जरको सुरुवात भएको छ । राष्ट्र बैंकले लघुवित्तहरुले पुँजी वृद्धि गर्दा मर्जरलाई प्राथमीकतामा राखे स्तरउन्नती गर्दा त्यस्ता संस्थालाई प्राथमीकतामा राख्ने बताएसँगै लघुवित्तहरुले स्वेच्छिक मर्जरकोबाटो रोजेका छन् । राष्ट्र बैंकले लघुवित्तलाई मर्जरमा लैजाने चर्चा पनि चलिरहेको छ । त्यस्तै लाइसेन्स पनि वितरण गरीरहेको छ । पछिल्लो समय अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्तलाई विकास बैंकमा रुपान्तरण गर्ने विषयमा अध्यन भइरहेको बताएसँगै भने लघुवित्त कर्मीहरुको केही अलमल भने देखिएको छ ।

राष्ट्र बैंकले क्षेत्रीय स्तरका विकास बैंक र वित्त कम्पनीहरुलाई पनि आगामी २०७७ असार मसान्त भित्रमा आफ्नो कार्यक्षेत्रलाई प्रदेश अथवा रष्ट्रिय स्तर रोज्न निर्देशन दिएको छ । राष्ट्र बैंकले उक्त निर्देशनमा २०७७ असार मसान्त भित्रमा प्रदेश स्तरको हुने विकास बैंकले १ अर्ब २० करोड र वित्त कम्पनीले ५० करोड तथा राष्ट्रिय स्तरको विकास बैंकले २ अर्ब ५० करोड र ८० करोड रुपैयाँ पूँजी पुर्याउनु पर्ने हुन्छ । राष्ट्र बैंकले पूँजी वृद्धि गर्दा मर्जरलाई प्राथमिकतामा राख्न पनि निर्देशन दिएको छ ।

राष्ट्र बैंकको उक्त नीति सँगै क्षेत्रीय स्तरको विकास बैंकहरु तथा पुँजी पुर्याउन नसकेका फाइनान्स कम्पनीमा मर्जरको लहर फेरी सुरु भएको छ । गत साता मात्र बुटवलका दुई विकास बैंक मिसन र तिनाउले बराबरी हैसियतमा एक आपसमा गभिने निर्णय गरेका छन् । त्यसको केही समय पहिले मात्र बुटवलकै शाइन रेसुङ्गा बैंकमा भैरहवाको पूर्णिमा विकास बैंक गाभिने सम्झौता भएको थियो ।अहिले मर्जर तथा एक्वीजीसनको प्रक्रियामा रहेका १७ वटा बैंक मध्ये ३ वटा वाणिज्य बैंक, ३ वटा राष्ट्रिय स्तरको विकास बैंक, एउटा १० जील्ला कार्यक्षेत्र भएको, ६ वटा तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंक, २ वटा एक जिल्ला कार्यक्षेत्र भएको विकास बैंक र २ वटा फाइनान्स कम्पनी । यस हिसाबले १७ वटा बैंक तथा वित्तीय संस्था मर्जर र एक्वीजीसनको प्रक्रियामा छन् ।

प्राइम कमर्शियलमा गाभिदै ओम डेभलपमेन्ट बैंक
‘क’ वर्गको प्राइम कमर्शियल बैंकले राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता गत आर्थिक बर्षमा नै गरेको थियो । तर यि दुई बैंकबीचको मर्जरमा ठोस प्रगति भने अझै हुन सकेको छैन ।

ग्लोबल आईएमईबैंकले हाथवे फाइनान्स गाभ्दै

ग्लोबल आईएमई बैंकले धरानमा केन्द्रिय कार्यालय रहेको हाथवे फाइनान्सलाई गाभ्ने सम्झौता भएको छ । ग्लोबल र हाथवेबीच एक्वीजीसन सकिएर एकिकृत कारोबार कहिलेदेखि शुरु हुन्छ भन्ने तय भएको छैन । दुबै संस्थाको संस्थापक एउटै गु्रप भएकोले मर्जरमा बाधा उत्पन हुने सम्भावना कम रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकमा जेविल्स फाइनान्स गाभिदै
राष्ट्रियस्तरको एस डेभलपमेन्ट बैंक गाभिसकेको नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई गाभ्ने सम्झौता गरेको छ । निजी क्षेत्रको बैंकहरुमा सबैभन्दा धेरै चुक्ता पूँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई गाभेपछि झनै मजुबुत संस्थाको रुपमा स्थापित हुने छ ।

प्रदेश १ का सप्तकोशी र कावेली विकास बैंक मिलेर प्रदेश स्तरको बन्ने

धनकुटामा रहेको कावेली विकास बैंक र मोरङमा रहेको ३ जिल्ले सप्तकोशी विकास बैंक मिलेर प्रदेश स्तरको विकास बैंक बन्ने सम्झौता भइसकेको छ । कावेलीमा यस अघि तेह्रथुममा रहेको माउन्ट मकालु विकास बैंक गाभिएको थियो ।

देवः विकास बैंकमा सहारा र वेस्टर्न डेभलपमेन्ट बैंक गाभिदै
राष्ट्रियस्तरको देवः विकास बैंकमा दाङमा केन्द्रिय कार्यलय रहेको तीन जिल्ला कार्यक्षेत्र भएको वेस्टर्न डेभलपमेन्ट बैंक र सर्लाहीको एक जिल्ला कार्यक्षेत्र रहेको सहारा विकास बैंक गाभिने क्रममा रहेका छन् ।

तिनाउ विकास र मिसन डेभलपमेन्ट बैंक बराबर हैसियतमा गाभिने
वुटवलमा केन्द्रिय कार्यालय रहेको तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक पनि बराबर हैसियतमा मर्जरमा जाने सम्झौता गरेका छन् । दुबैं बैंक तीन जील्ला कार्यक्षेत्र रहेका बैंक हुन् ।

ज्योति विकास बैंकमा हाम्रो विकास बैंक गाभिने प्रक्रिया अन्तिम चरणमा
राष्ट्रियस्तरको ज्योति विकास बैंकले नुवाकोट जिल्ला कार्यक्षेत्र रहेको हाम्रो विकास बैंकलाई गाभ्ने सम्झौता गरेकोे ९ महिनामा भइसकेको छ । यी दुई बैंकले यही चैत्र १५ गते देखि एकीकृत कारोबार सुरु गर्ने घोषणा गरिसकेका छन् ।

शाइन रेसुङ्गामा र पूर्णिमा विकास बैंक गाभिएर राष्ट्रिय स्तरको बन्दै
बुटवलमा केन्द्रिय कार्यालय रहेको १० जिल्ला कार्यक्षेत्र रहेको एक मात्र विकास बैंक शाइनरेसुङ्गा र भैरहवामा केन्द्रिय कार्यालय रहेकोे ३ जिल्ला कार्यक्षेत्र भएको पूर्णिमा विकास बैंक गाभिने सम्झौता भएको छ । यी दुई बैंकले मर्जर पश्चात राष्ट्रिय स्तरको बन्ने बताएका छन् ।

लघुवित्तमा पनि मर्जरको लहर
पछिल्लो समय वाणिज्य बैंक विकास बैंक वित्त कम्पनीमा मात्र नभएर लघुवित्त क्षेत्रमा पनि मर्जरको सम्झौता सुरु भएको छ । अहिले ६ वटा लघुवित्तले मर्जरको लागि सम्झौता गरिसकेका छन् । तनहुँको आर्थिक समृद्धि र गोरखाको साधना लाघुवित्त मर्जरको प्रक्रियामा रहेका छन् । चितवनमा केन्द्रिय कार्यलय रहेको वोमी लघुवित्तले काभे्रमा रहेको नागरिक लघुवित्तलाई गाभ्ने सम्झौता गरेको छ । त्यस्तै गत साता मात्रै कैलालीमा केन्द्रिय कार्यालय रहेको एनआरएन लघुवित्तले अछाममा केन्द्रिय कार्यालय रहेको रामारोशन लघुवित्तलाई गाभ्ने सम्झौता गरेको

प्रकाशित मितिः     ८ चैत्र २०७५, शुक्रबार १७:४४  |