सुरक्षामा कुनै कम्पर्माइज गर्दैनौं, ढुक्क भएर लगानी गर्नुहोस् : प्रधानमन्त्री


चैत १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको सुरक्षामा कुनै कम्पर्माइज नहुने भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । शुक्रवार काठमाडौंमा लगानी सम्मलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि सबै किसिमको वातावरण निर्माण गर्न सफल भइसकेको र वर्तमान सरकारले लगानीका लागि कुनै व्यवधान बाँकी नराखेको बताउनु भएको छ ।

‘बुद्ध र सगरमाथाको देशमा ठूला लगानीको लागि स्वागत छ, सरकारले लगानीको सुरक्षा दिन्छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘देशमा निर्वाचित सरकार छ, हामी विकास र लगानीको सुरक्षामा कुनै कम्पर्माइज गर्दैनौं, ढुक्क भएर लगानी गर्नुहोस् । आर्थिक विकासबिना राजनीतिक सुधारले मात्र महत्व नराख्ने बताउदैं उहाँले लगानीकर्तालाई झन्झट नहुने गरी कानून सुधार गरिएकोले लगानीकर्तालाई ढुक्क भएर लगानी लिएर आउन आग्रह गर्नुभएको हो ।

विकासका लागि विदेशी लगानी आवश्यक छ : अर्थमन्त्री खतिवडा


अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको विकासका लागि विदेशी लगानी आवश्यक रहेको बताएका छन् । सम्मेलनमा बोल्दै उनले लगानीको सुरक्षा दिन सरकार प्रतिवद्ध छ, समृद्धिको यात्रामा नेपाल अघि बढेकाले हातेमालो गरेर अघि बढ्न लगानीकर्तालाई आग्रह गरे ।

नेपाल साउथ एशियाको गृड इनर्जी पावर हाउस हुनसक्छ : पूर्व अर्थमन्त्री महत
सम्मेलनमा बोल्दै पूर्व अर्थमन्त्री रामशरण महतले नेपाल साउथ एशियाको गृड इनर्जी पावरहाउस हुनसक्ने बताएका छन् । सम्मेलनमा बोल्दै महतले ‘हाम्रो आर्थिक वृद्धिदर कम भए पनि शिक्षा, गरीबी न्यूनीकरण लगायतका क्षेत्रमा राम्रो प्रगती भएको छ । नेपालमा कृषिको ठूलो सम्भावना रहेको बताउँदै उनले ‘हामीले राजनीतिक विवादमा धेरै दशक बितायौं, अब आर्थिक समृद्धिमा बिताउँ’ भने ।

नेपालको स्रोत, जनशक्ती प्रयोग गरेर यहाँ लगानी गर्नेले भारत र चीनको ठूलो जनसंख्याको बजार पाउँछ । हाम्रो आर्थिक घाटा घटाउन पनि यहाँ लगानीको ठूलो महत्व भएको स्पष्ट पारे । उनले लगानीसँगै ज्ञान र प्रविधी पनि भित्रिन्छन्, जसले स्वदेशी लगानीकर्तालाई पनि सहयोग पुयाउने बताए ।

प्रकाशित मितिः     १५ चैत्र २०७५, शुक्रबार १३:०७  |
error: Content is protected !!