आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बिजेता खेलाडीले कस्तो र कति राशीको पुरस्कार पाउँछन् ?


बाँके : नेपालगन्जमा बैशाख ५ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा बिजेता खेलाडीलाई कति र कस्तो पुरस्कार पाउँछन् ? धेरैलाई जिज्ञासा लाग्न सक्छ । राखेपका सदस्य सचिव केशव बिष्टका अनुसार, सातौ राष्ट्रिय खेलकुद भन्दा आठौंमा पुरस्कारको राशी बृद्धि गरिएको छ ।

पुरस्कार सम्बन्धि संक्षित जानकारी हेर्नुहोस् ।

१. २०७५ मा ३७२ स्वर्ण,३७२ रजत र ५६३ वटा काँस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । ७९३ वटा स्वर्ण, ७९३ वटा रजत र ११०२ वटा काँस्य समेत गरी गरि जम्मा २६८८ वटा मेडल व्यवस्था गर्नुपर्नेछ ।

२. व्यक्तिगत स्पर्धा तर्फ स्वर्ण पदक बिजेता खेलाडीलाई सातौं राष्ट्रिय खेलकुदमा रु १०,०००/- व्यवस्था गरिएकोमा आठौंमा रु १५,०००/-, र सामुहिक स्पर्धा तर्फ सातौं खेलकुदमा रु ५०००/-, व्यवस्था गरिएकोमा आठौंमा रु ७०००/-, उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

३. स्वर्ण पदक बिजेता खेलाडीहरुको लागि व्यक्तिगत स्पर्धातर्फ ५२८००००/- र सामुहिक स्पर्धा तर्फ रु ७९५३०००/- समेत गरी जम्मा रु १३,२३३,०००/- लाग्ने छ ।
४. आठौ राष्ट्रिय खेलकुद २०७५ मा राष्ट्रिय रेर्कड ब्रेक गर्ने खेलाडी पुरस्कारका लागि जनही रु २५०००/-हजारका दरले व्यवस्था गरिएको छ ।

५. आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५२११ जना खेलाडीहरुको सहभागिता रहनेछ । जसमा २८२५ पुरुष खेलाडी रहने छन् भने २३८६ महिला खेलाडीहरुको सहभागिता रहनेछ । साथै टिम प्रशिक्षक ६४० जना र टिम व्यवस्थापक ४६१ जनाको सहभागिता रहनेछ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणापछि आईतबार नेपालगन्जमा राखेपले आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव केशव बिष्ट, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओली, प्रवक्ता रोहित दाहाल,लगायत ।
प्रकाशित मितिः     १७ चैत्र २०७५, आईतवार १३:१७  |