नेपालगन्ज : नेपाली नयाँ बर्ष २०७६ लाई भब्य र उल्लासमय वातावरणमा मनाउनका लागि सिद्दार्थ होटेल नेपालगन्जले न्यु इयर इभ पार्टी २०७६ आयोजना गर्ने भएको छ । सिद्दार्थ होटेल स्थापना भएको एक दशक पुरा भएको अबसर समेत पारेर यही चैत ३० गते साँझ आयोजना हुन लागेकोे न्यु इयर इभ पार्टी २०७६ मा नेपालका चर्चित गायक दीपक बज्राचार्य सहित मनमगन टीमले बिशेष प्रस्तुती दिने छ । ।
नेपाली नयाँ बर्ष नेपाली कलाकार , नेपाली गीत, संगीत, नेपाली लोकबाजाका साथ नेपाली गीत संगीतमा रमाउदै मनाउने परिपाटीलाई प्रोत्साहन गर्न कार्यक्रमको आयोजना गरिएको होटल सिद्धार्थका महाप्रबन्धक सन्तोष न्यौपानेले जानकारी दिए । न्यु इयर इभ पार्टीमा स्थानिय कलाकारका साथै डिजे टिमको पनि प्रस्तुती रहने छ ।

सिद्दार्थ होटेल नेपालगन्जको सबै भन्दा धेरै कोठा र सबै भन्दा ठुलो ब्याङक्वेट हल भएको चारतारे डिलक्स होटेल हो । सिद्दार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका २२ वटा शाखाहरु मध्ये सिद्दार्थ होटेल नेपालगन्ज सबै भन्दा ठुलो शाखा हो ।
सिद्दार्थ गु्रपका नेपालगन्जमा होटेल, रेष्टुरेन्ट र क्याफे संचालित छन भने निकट भबिश्य मै कोहलपुरमा पनि क्याफे संचालन हुदै छ । सिद्दार्थ गु्रपको नेपालगन्ज सहित टीकापुर, कर्णाली चिसापानी, सुर्खेत, बुटबल, चुम्लिङटार, र काठमान्डौमा गरी २२ वटा शाखा रहेका छन । नयाँ वर्षको कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपाने, कृष्ण भण्डारी लगायतको सहभागिता रहेको थियो ।