बाँके : नेपालगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको फागुण मसान्तम्म १ सय ३६ मेट्रिक टन नरिवल आयात गरिएको छ । रु ९६ लाख २७ हजार मूल्य बराबरको नरिवल भित्रिएको हो । नेपालगन्ज नाका हुँदै भित्रिएको नरिवर स्थानीय बजारमा खपत हुनुका साथै पहाडी जिल्लामा समेत बिक्री बितरण हुने गरेको छ ।
नेपालमा भारत, बङ्गलादेश र भियतनाम जस्ता देशबाट नरिवल आयात गरिन्छ । अन्य बेला सामान्यरुपमा खपत हुने भएपनि दशैं र तिहार जस्ता पर्वमा यसको खपत अत्याधिक हुने गरेको व्यवसायीहरु बताउँछन् । पश्चिम नेपालमा यसको उत्पादन नहुने भएकाले भारतबाटै आयात गरिएको नरिवलको भर पर्नुपर्ने बाध्यता रहेको छ ।
गर्मी महिनामा धेरै रुचाइने भएकाले यसको आयात बढ्ने नेपालगन्ज भन्सारले जानकारी दिएको छ । नरिवल पुजा,पाठको काम समेत प्रयोग गरिन्छ ।