२० वर्षपछि नेपालगन्जमा गुन्जिने छन् दिपक बज्राचार्य


‘कल्ले देला धन मलाई,
कल्ले देला मन…..
कल्ले देला घनचक्करलाई
माया र जतन…..
हे आफै,आफै , आफै मन मगन
मत आफै मन मगन…….

नेपालगन्ज,२२ चैत : २०७५ सालमा यो गीत सबैभन्दा हिट भयो । नेपाली, हिन्दी लगायत बिभिन्न भाषामा समेत आइसकेको ‘मन मगन’ले लाखौं संगीतप्रेमीको ‘मन मगन’ गराएको छ । युट्युवमा मात्रै डेढ करोड बढीले हेरिसकेका छन् । संख्या अझ थपिदै छ ।

दिपक बज्राचार्यलाई चिनाउन यो एउटा गीत मात्र काफी भने छैन । उनका ‘ओ अमिरा..’ ‘मायाको डोरी’,‘ काली काली’ जस्ता चर्चित गीतहरु कस्ले बिर्सिन सक्छ र ? युवापुस्ता माझ मात्र होइन हरेक पुस्तालाई नचाउने गीत गाएका बज्राचार्य २० वर्षपछि नेपालगन्जमा आयोजना हुने भब्य सांगीतिक कार्यक्रम सहभागि हुँदै छन् । २०७५ सालको बिदाई र नयाँ वर्ष २०७६ लाई स्वागत गर्न यहाँ आउँदै छन् । धेरै समयको अन्तरालपछि बज्राचार्य जस्ता चर्चित गायक आउने भएपछि नेपालगन्ज पनि दङ्ग छ । उनका गीतमा नाँच्न आतुर भएर बसेको छ । बज्राचार्य आफै पनि खुःसी छन् । नेपालगन्ज बिजनेशसंग टेलिफोन कुराकानी गर्दै उनले भने,–‘यसपालीको नयाँ वर्षमा नेपालगन्जलाई नचाउने हो आफु पनि नाच्ने हो ।’


नेपालगन्जका बरिष्ठ फोटोग्राफर रुपक श्रेष्ठ बज्राचार्य आउने खबरले उत्साहित छन् । ‘दिपक बज्राचार्य मलाई असाध्यै मन पर्ने कलाकार हुनुहुन्छ । उहाँलाई आफ्नै देख्न पाउन खुःसीको कुरा हो ।’– श्रेष्ठले भने । मनोरन्जनात्मक ‘इभेन्ट’ गर्दै आएका मोहमद रफी ठुलो सांगीतिक कार्यक्रम गर्न लागेकोमा औधी खुःसी छन् । ‘दिपक बज्राचार्यले नयाँ वर्षजस्तो उत्सवका बेला हामीलाई समय दिनु ठुलो कुरा हो ।’– रफीले भने,–‘यस्ता कार्यक्रम भइरहने हो भने नेपालगन्ज चिनिने र चिनाउने मौका मिल्छ ।’

नयाँ बर्ष २०७६ को अवसर पारेर सिद्धार्थ होटल नेपालगञ्जले यहि चैत ३० गते न्यू एयर ईभ पार्टी आयोजना गर्दै छ । सोही कार्यक्रममा बज्राचार्यसहित मनमगन टिमको प्रस्तुतीहरु रहने होटलका महाप्रबन्धक सन्तोष न्यौपानेले बताए । २० वर्ष अघि गायक बज्राचार्य नेपालगन्जमा भएको एउटा शिखर साँझमा आएका थिए । नेपालगन्ज बिजनेशसंग टेलिफोनमा कुराकानी गर्दै गायक बज्राचार्यले भने,–‘मदन दाई र हरिबंश दाईसंगै नेपालगन्ज गएको थियो । धेरे वर्षपछि फेरी आउन लाग्दा म पनि खुःसी छु ।’

प्रकाशित मितिः     २२ चैत्र २०७५, शुक्रबार १७:५४  |
error: Content is protected !!