नेपालगन्जमा फागुणसम्म १ करोड ६५ लाख बराबरको टमाटर भित्रियो


नेपालगन्ज, २६ चैत : चालु आर्थिक वर्षको फागुण मसान्तसम्म नेपालगन्ज नाका हुँदै रु १ करोड ६५ लाख २० हजार मूल्य बराबरको टमाटर भित्रिएको छ । यसअवधीमा १५ सय ५५ मेट्रिक टन टमाटर भित्रिएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।
यो नाका हुँदै भित्रिएको टमाटर नेपालगन्जमा स्टोर हुने गर्छन । यहाँबाट सुर्खेत, दाङ्ग लगायतका पहाडी जिल्लामा खपत हुने गरेको छ । केही परिमाणमा पोखरा र नारायणगढसम्म पुग्ने गरेको छ । स्थानीयस्तरमा उत्पादन बढेपनि पर्याप्त नभएका कारण टमाटर लगायतका तरकारी भारतबाट भित्रा्उनुपरेको तरकारी व्यवसायीहरुको दाबी छ ।
तर किसानहरुले भने सस्तोको नाममा भारतबाट ल्याउने तरकारीले आफुहरु मर्कामा परेको दुःखेसो पोख्दै आएका छन् । नेपालगन्ज भन्सारबाट चालु आर्थिक वर्षमा फागुणसम्म रु झण्डै चार लाख मूल्य बराबरको तीन मेट्रिक टन लसुन भित्रिएको छ ।

प्रकाशित मितिः     २७ चैत्र २०७५, बुधबार ११:११  |