आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  हक्की खेलमा आर्मी र गण्डकी प्रदेश बराबरी


नेपालगन्ज,२६ चैत :  आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबारबाट हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल आर्मी र गण्डकी प्रदेश वीच भएको पहिलोे खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवावमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि १÷१ अंक बाँडिएको छ ।आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।

गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दवावमा राखेपनि गोल गर्न सकेन,’ उनले भने ।आर्मीका प्रशिक्षक मान बहादुर बस्नेतले आफुनो टिमले फिल्ड नयाँ र अगाडि खेल्ने खेलाडिको व्यवस्थापन नमिल्दा खेल अवधिभर दवावमा पारेपनि गोल गर्न नसकिएको प्रतिक्रिया दिए । भने, गण्डकी प्रदेशका प्रशिक्षक  ले आर्मिलाई रोक्न सक्नु नै मुख्य सफलता मिलेको प्रतिक्रिया दिए । उनले भने ‘हाम्रो ६ जना राम्रो खेलाडि नेपाल प्रहरीको टिममा गएकाले केहि कमजोर खेल प्रर्दशन भएपनि बराबरीहुदाँ फाइलनमा पुगेको जस्तो भान भएको छ ।’मुख्य प्रशिक्षक पिन्टुका अनुसार दोस्रो खेल प्रदेश नं. २ र प्रदेश नं. ३ बीच सुरु भएको छ । बेलुकी तेस्रो खेल प्रदेश नं. ५ र प्रदेश नं. १ वीच हुने उनले जानकारी दिए ।

२८ चैत (विहीवार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं. २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने शर्माले जानकारी दिए । उनले २९ चैतमा गण्डकी प्रदेश र २ नं. प्रदेश वीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नं. प्रदेश वीच प्रतिष्पर्धा हुने छ । त्यसैगरि, तेस्रो खेल ५ नं. प्रदेश र कर्णाली प्रदेश वीच खेल हुने भएको छ ।४ बैशाखसम्म संचालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश वीच दोस्रो र नेपाल आर्मी र प्रदेश नं. ३ वीच हुने भएको छ । त्यसैगरि, १ बैशाखमा पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिस वीच हुने छ । भने, दोस्रो खेल गण्डकी प्रदेश र ३ नं. प्रदेश वीच तथा तेस्रो खेल १ नं. प्रदेश र सुदूरपश्चिम प्रदेश वीच हुने पनि शर्माले जानकारी दिए । २ बैशाखमा एउटा खेल मात्र हुने बताउँदै उनले उक्त दिन २ नं. प्रदेश र नेपाल पुलिस वीच हुने जानकारी दिए । ३ बैशाखदेखि सेमीफाइनलका खेल हुने भएको छ । भने ४ बैशाखमा फाइनल खेल हुने उनले बताए ।

प्रकाशित मितिः     २७ चैत्र २०७५, बुधबार १३:३४  |