प्रकाशित मितिः
290 Views
अर्थ संवाददाता
नेपालगन्ज, २६ चैत : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणा र उनकी धर्मपत्नी प्रतिमाले ‘टेष्ट ड्राईभ’ गरेर फोर्ड कम्पनीको नयाँ गाडी फोर्ड फिगो ‘लन्च’ गरेका छन् । शुभलाभ इण्टरप्राईजेज गनापुर बाँकेको शोरुमबाट मेयर राणा दम्पत्तीले फोर्ड फिगोको उद्घाटन गरे । उनीहरुले गनापुर सडकमा केही मिनेट नयाँ फोर्ड फिगो चलाएका थिए । राणा प्राय आफै सवारीसाधन चलाउँछन् ।
आधुनिक जीवनस्तरलाई ध्यानमा राखेर फोर्डले नयाँ गाडी ल्याएको शुभलाभ इण्टरप्राइजेजका प्रोपराईटर निरन्जन राज भण्डारीले जानकारी दिए । उनका अनुसर फोर्ड फिगो बजारमा मात्र रु २४ लाख ९९ हजारमा ल्याएको छ । नया फोर्ड फिगो सानो गाडीको प्रतिस्धर्पात्मक बजारमा फेरी अब्बल हुने बिश्वास लिएको फोर्ड कम्पनीका प्रबन्धक बिजय थापाले बताए । उनले नयाँ फोर्ड फिगोमा स्मर्ट फिचरहरु रहेको जानकारी दिए ।