२०७५ : जडिबुटी व्यवसाय चौपट भएको वर्ष


नेपालगन्ज, २ बैशाख :२०७५ साल जडिबुटी व्यवसायका लागि सबैभन्दा निरासाजनक वर्ष सावित भयो । भारतले अनेक नयाँ बिषय झिकेपछि संयौ किलो जडिबुटी निर्यात हुन सकेन । अहिले व्यवासयीको गोदाममा जडिबुटी थन्किएको छ । नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहमद याकुव अन्सारीले २०७५ साल जडिबुटी व्यवसायीका लागि चौपट वर्ष सावित भएको बताए । जडिबुटी नै निर्यात गर्न नपाएको उने जानकारी दिए ।
नेपालबाट भारत तथा तेस्रो मुलुक निकासी हुने जडिबुटीलाई विभिन्न बाहाना गर्दै रोक लगाउदा व्यावसायी मर्कामा परेका छन् । ट्राञ्जिट परमिटको कारण अनेकौ झमेला थोपार्दै आएको भारतले पछिल्लो समय ‘सुचिकृत’ भन्दा अन्य जडिबुटी निर्यातमा रोक लगाएपछि लाखौंको जडिबुटी नेपालगन्ज मै थन्किएको छ ।
एक महिनायता रुपैडियाको भारतीय कस्टमले सुचिकृत भएका भन्दा अन्य जडिबुटी भारत लैजान रोक लगाएपछि ठूलो परिणाममा नेपाली जडिबुटी व्यावसायीको गोदाममा थन्काएर राखिएको व्यावसायीहरुको गुनासो छ ।सुचिकृतमा नपरेका कुरिलो, चिराईतो, पदमचाल जस्ता धेरै जडिबुटी निकासी हुन पाएका छैनन् ।’ सुचिकृत नभएका जडिबुटी एक महिनादेखि अन्य जडिबुटीहरु निकासी हुन नपाउँदा नेपालगन्ज गोदामै थन्काएर राख्न व्यावसायी बाध्य छन् । भारतमा वर्षेनी करोडौ मुल्यका ती जडिबुटी निकासी हुने गरेको स्रोतका अनुसार यसअघि भारतीय कस्टमले व्यवहारिकताका हिसावले सुचिकृत भन्दा अन्य जडिबुटीलाई पनि भारत निकासी गर्न दिन्थ्यो । नाम नखुलेका, सानो परिणाम हुने जडिबुटी त्यसै जान्थ्यो । तर अब भने त्यसलाई अनिवार्यरुपमा सुचिकृत गर्नुपर्ने प्रावधानले झन आंकुश थप्दै आएको व्यावसायीको भनाई छ ।
नयाँ प्रावधान आउनु अगावै नेपालगन्जका व्यवसायीहरुले पहाडी जिल्लाबाट जडिबुटी ल्याएर स्टक राख्ने कारण अहिले ती जडिबुटी गोदामै थन्किएको छ । नयाँ प्रावधान अनुसार थप जडिबुटी सुचिकृत गर्न महिनौं लाग्ने गरेको छ । कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र बिदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । तर नेपाली जडिबुटीप्रति भारतको कडा रबैयाका कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गएको जडिबुटी व्यवसायमा संलग्न अगुवाहरुले बताएका छन ।
जडिबुटी व्यवसायी संघ नेपालगञ्जका अनुसार पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा पनि जडिबुटीको निर्यात खस्किदै गएको छ । आर्थिक वर्ष २०७२र२०७३ मा नेपालगन्ज हुँदै ४६ लाख ३८ हजार २ सय १५ किलोको विभिन्न ४५ थरी जडिबुटी निकासी भएको थियो । तर त्यसको एक वर्षपछि आर्थिक वर्ष २०७३र०७४ मा घटेर ४० लाख ५० हजार ६ सय ७४ किलोग्राम जडिबुटी निर्यात भयो । आर्थिक वर्ष २०७४र०७५ मा२७ लाख ५४ हजार २ सय किलोग्राम जडिबुटी निकासी भयो ।
‘सरकारी उदाशिनता र भारतको नेपाली जडिबुटीमाथि अंकुश लगाउने प्रबृत्तीका कारण जडिबुटीको निर्यातको अवस्था खस्किएको देखिन्छ’– नेपाल जडिबुटी व्यवसायी संघका कार्यालय प्रमुख पुष्कर खरेलले भने । उनले टिम्मुर, रिठा र काउलो सबैभन्दा बढि निकासी हुने जडिबुटीमा पर्ने जानकारी दिए ।
खरेलका अनुसार, औषधी, साबुन, स्याम्मु जस्तासामाग्री बनाउन प्रयोग गरिने यि जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेश्रोमुलकमा पनि निर्यात भइरहेको छ ।

प्रकाशित मितिः     २ बैशाख २०७६, सोमबार १०:२८  |