नेपालगन्ज,३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओली आज नेपालगन्ज आउँदै छन् । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रममा उनी यहाँ आउन लागेका हुन ।
प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नेछन् । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी हुनेछन् । सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत सुरुङ निर्माण गरेको हो ।

सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । आयोजनाका निर्देशक सञ्जीव बरालले आयोजनाको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा मङ्गलबार बिहान ११ बजे आयोजना हुने ‘ब्रेक थ्रु’ कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिए।
प्रधानमन्त्री ओली आज दिनभर बाँकेको बिभिन्न कार्यक्रममा सहभागि हुने छन् । उनले सिक्टा सिंचाई आयोजनाको निरिक्षण गर्नुका साथै त्यहाँ आवश्यक निर्देशन समेत दिने छन् । त्यसैगरी साँझ होटल सोल्टीको उद्घाटन कार्यक्रममा सहभागि हुने छन् ।