ओम प्लाई उद्योग सन्चालनका लागि तयार


नेपालगन्ज , ३, बैशाख : शुक्रबार राती आगलागी भएको नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योग सन्चालनको लागि तयारी छ । शुक्रबार बिहान चार बजे आगलागी हुँदै झण्डै ठुलो क्षती भएको थियो । आगलागीका कारण दर्जन बढि मेशनरी सामान काम नलाग्ने गरी बिग्रिएका छन् भने कच्चा पदार्थ जलेर नष्ट भएको उद्योगका महाप्रबन्धक पशुपति दयाल मिश्रले जानकारी दिए ।
कामै नलाग्ने मेशिनलाई त्यसै राखेर बाँकी मेशिन बनाउने काम भइरहेको मिश्रले बताए । सम्भवत आज या भोलीसम्म उद्योगले पहिलेकै अवस्थामा उत्पादन गर्ने मिश्रले जानकारी दिए । उक्त उद्योगमा दैनिक दुई सय बढि कामदार कार्यरत रहेका छन् ।

फाइल तस्वीर

 

प्रकाशित मितिः     ३ बैशाख २०७६, मंगलवार १३:०९  |