नेपालगन्ज, ३ बैशाख : नेपालगन्जको पहिलो पाँच तारे होटल ‘सोल्टी वेष्टेण्ड प्रीमियर’ले सोह् महिनाको परिक्षण पूर्णत : सफल भएको जनाएको छ । १ अर्ब २५ करोड लागतमा निर्माण भएको ख्याती प्राप्त ब्राण्ड सोल्टी अन्र्तगतकै उक्त होटलको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिकरुपमा उद्घाटन गरे ।ग्रीन होटलका रुपमा रहेको सोल्टी वेष्टेण्ड प्रीमियर गत वर्षको मंसिरमा परिक्षणका रुपमा सन्चालित थियो ।
‘परिक्षण अवधी पूर्णरुपमा सफल भएको छ ’ होटलका अध्यक्ष दिनेशबहादुर बिष्टले भने,–‘होटेलले सन्चालनको छोटो अवधीमा देश र बिदेशका पाहुनाहरुको मन जित्न सफल भएको छ ।’सोल्टी होटल नेपालगन्जमा ८१ वटा कोठा रहेका छन् । ठुला साना सभाहल, स्वीमिङ्ग पुल, स्पा,वेलनेस सेन्टर सन्चालनमा छन् । अलग्गै भवनमा पर्यटनलाई आवश्यक जनशक्ति तयार गर्ने गेट कलेज समेत सन्चालन गर्दै आएको छ ।निकट भविष्यमा लाईभ क्यासिनो सन्चालन गरिने अध्यक्ष बिष्टले बताए । त्यसका लागि होटलले सम्पूर्ण पूर्वाधार निर्माणको काम सकिसकेको छ ।
क्यासिनो सन्चालनमा आएपछि दुई सय बढिले रोजगारी पाउने अध्यक्ष बिष्टले जानकारी दिएका छन् । पूर्णत पर्यावरणमैत्री भएकोमा उक्त होटलको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका थिए । होटलको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, उर्जामन्त्री बर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, होटलका सन्चालक रबीभक्त श्रेष्ठ लगायतको सहभागिता थियो ।