प्रदेश कृषी मन्त्री पौडेल र उद्योग वाणिज्य संघका पदाधिकारीबीच भेटघाट


नेपालगन्ज, ४ बैशाख : नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले प्रदेश ५ की कृषी मन्त्री आरती पौडेलसंग भेटघाट तथा छलफल गरेका छन् । संघका अध्यक्ष नन्दलाल वैश्यज्यूको अध्यक्षतामा प्रदेश नंं. ५ का माननीय कृषि सहकारी तथा गरिबी निवरण मन्त्री पौडेलसँग भेटघाट तथा छलफल कार्यक्रममा संघको सभाकक्ष सम्पन्न गरेका हुन ।
नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष बैश्यले कार्यक्रममा बोल्दै समग्र बाँके जिल्लाको कृषिक्षेत्रको विकासका लागि सहयोग हुने बताए । त्यस्तै मन्त्री पौडेलले नीजिक्षेत्रको सहयोगमा कृषिक्षेत्रको विकास गरिने बताईन ।
५ नम्बर प्रदेशका सभासद मो. याकुब अन्सारी,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं नेपालगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृषि प्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । महासचिव अजय टण्डनले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संघका वरिष्ठ सदस्य बसन्त लामिछानेले गरेका थिए ।


प्रकाशित मितिः     ४ बैशाख २०७६, बुधबार १८:२३  |
error: Content is protected !!