आठौं राष्ट्रिय खेलकुदको उद्घाटन आज


बाँके ५ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दैछन् । बिशेष समारोहका बीच हुने उद्घाटन कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । नेपालगन्जले चौथो पछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।
केही केही खेलहरु अहिले पनि जारी छन् । भौतिक पूर्वाधारको काम सम्पन्न हुन बाँकी भएकाले उद्घाटन समारोह २०७६ बैशाखमा सारिएको थियो । उद्घाटन सत्रमा हरेक भेषभुषा, धर्म, सम्प्रदाय, कला संस्कृतिक झल्किने झाँकी प्रदर्शनी गरिने गरिने छ । त्यसैगरी अतिसबाजी समेत गर्ने तयारी भइरहेको छ । ‘उद्घाटन सत्रलाई हामी सम्झनलायक बनाउन खोजिरहेका छौं । त्यो दिन पुरै नेपालको झल्को दिने साँस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।’– क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भिम ओलीले भने ।
। प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगन्ज रंगशाला मैदान, सोही स्थानमा ६५ सय क्षमताको दर्शक प्यारापिट, नेपालगन्जमै सुटिङ रेन्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा रहेको क्रिकेट मैदान, घोराहीमा बासकेटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लनटेनिस कोर्ट, कपिलवस्तुमा कुस्ती खेलका लागि मायादेवी खेल मैदान निर्माण सम्पन्न भइसकेको प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष ओलीले जानकारी दिएका छन् ।

प्रकाशित मितिः     ५ बैशाख २०७६, बिहीबार ०६:२८  |