‘एराकी ब्रर्दश’को पहिलो क्याफे बिपीचोकमा, आर्गनिक कफि पिउन पाइने


नेपालगन्ज, ६ बैशाख :  हस्पिटालिटीक्षेत्रमा लामो समयदेखि काम गर्दै आएका नेपालगन्ज–७ का ‘एराकी ब्रर्दश’ले बिपीचोकमा ‘स्टिेमिङ्ग कप क्याफे’ सन्चालनमा ल्याएका छन् । मयक पेट्रोल पम्प पछाडी डा प्रकाश नागको क्लिनिकसंगै जोडिएको क्याफे आजबाट सन्चालनमा आउँदैछ ।

मोहमद सफी, मोहमद रफि र मोहमद इमराज तीन दाजुभाई लामो समयदेखि हस्पिटालिटीक्षेत्रमा कार्यरत छन् । सफी अहिले पनि दुबईमा छन् । उनी क्याफे सन्चालनका लागि नै नेपाल फर्किदै छन् । त्यस्तै रफि र इमरानसंग नेपालगन्जका तारे होटलमा काम गरेको अनुभव छ । यि तीन भाई मिलेर पहिलो पटक आफ्नै क्याफे सन्चालन गरेका हुन । अहिलेसम्म होटल क्षेत्रमा काम गरेको अनुभव क्याफेमा सेवाग्राहीसंग साट्ने मोहमद रफिले बताए । उनले क्याफे संस्कृति बसाल्ने नयाँ पुस्तालाई आर्कषित गर्नका लागि क्याफे खोलिएको उल्लेख गरे । ‘उत्कृष्ट सेवामा अब्बल बन्ने योजना सहित काम गर्छौ ’ –इमरानले भने ।

किन फरक छ स्टिेमिङ्ग क्याफे ?

स्टिेमिङ्ग क्याफेमा जाने जोकोही सेवाग्राहीले दानाबाट बनेको कफी पाउने छन् । महङ्गो मेशिनबाट बनेको कोल्ड वा हट हरप्रकारको कफी उपलब्ध छ । गुणस्तरमा प्राथमिकता दिईएको सन्चालकले बताए । कफी बनाउनेलाई पूर्वतयारी तालिम दिइएको छ । कफी मात्र होइन बिरयानी र फास्टफुड समेत उपलब्ध छ ।

बस्ने ठाउँ नै गज्जव

स्टिेमिङ्ग क्याफेमा जाने सेवाग्राहीका लागि बस्ने ठाउँँ फरक लाग्न सक्छ । फलामबाट बनेको ड्रमको व्यवस्थापन गरी गज्जवको बस्ने ठाउँ बनाईएको छ । नेपालगन्जमा यहाँ अन्त भन्दा फरक अनुभुती सबै गर्न सक्छन् ।

१२ जनालाई रोजगारी

स्टिेमिङ्ग क्याफेले १२ जनालाई रोजगारी दिएको छ । उसले यहाँका हस्पिटालिटी क्षेत्रको पढाई हुने कलेजका बिद्यार्थीलाई रोजगारी दिएको छ ।

प्रकाशित मितिः     ६ बैशाख २०७६, शुक्रबार ११:२०  |