एसइइ दिएर बसेका बिद्यार्थीलाई एनसेलको १ रुपैयाँमै सिम


काठमाडौं। एनसेल प्रालिले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर ल्याएको छ। पहिलो सिमको मुल्य १ रुपैयाँ कायम गरिएको छ। सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ सेवा उपलब्ध हुनेछ।

विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन्। सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइइको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान् लिएर जानु पर्नेछ। एसइइ सिममा १७.७० रुपैयाँमा दैनिक डाटा प्याक उपलब्ध हुनेछ। दिनको प्याकमा ३०० एमबि, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ।

 

सिम सुचारु गरेपछि यदि ग्राहकले ५० रुपैयाँभन्दा मथिको रिचार्ज गरेमा २४ घण्टाको लागि १०० एमबि डाटा र १०० एसएमएस सित्तैंमा प्राप्त हुनेछ। माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि शुन्य पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि कुराकानी गर्न सक्नेछन्।

प्रकाशित मितिः     ६ बैशाख २०७६, शुक्रबार १३:००  |