कृषि बजार सुधारका लागि बाँकेका छ सहकारी छनौट, ७२ लाख अनुदान दिदै प्रदेश सरकार


बाँके, १० बैशाख : प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि बजार सुधारका लागि कोहलपुर उद्योग वाणिज्य संघ लगायतका छ वटा सहकारी सहकारी संस्थालाई छनौट गरेको छ । छनौटमा परेका फर्म मार्फत प्रदेश सरकारले कृषि बजार सुधारका लागि रु ७२ लाख अनुदान दिदैछ ।
अनुदानका लागि बाँकेमा छनौट हुनेहरुमा कोहलपुर उद्योग वाणिज्य संघ, नरैनापुरस्थित तपसी कृषि सहकारी संस्था,नेपालगन्ज उपमहानगरको कृषि उपज खुद्रा बजार, राधाकृष्ण कृषि सहकारी संस्था, साथी स्वाबलम्बन कृषि सहकारी र खजुरा गाउँपालिकामा बागेश्वरी बहुउदेश्यी सहकारी संस्था लिमिटेड रहेका छन् । उनीहरुलाई ७ लाख देखि २० लाखसम्म अनुदान दिइने छ ।

प्रकाशित मितिः     १० बैशाख २०७६, मंगलवार ०७:४०  |