मेघाले ज्योती विकास बैंकलाई १५ गोलले हरायो, भार्गव र वेस्टर्न पनि बिजयी


भार्गव बैंकको टिम ।

नेपालगन्ज, १४ बैशाख : नेपाल राष्ट्र बैंकको आयोजनामा शनिबारबाट नेपालगन्जमा फुटसल प्रतियोगिता शुरु भएको हो । शनिबार सम्पन्न खेलहरुमा भार्गब बिकास बैंक, वेस्टर्न बिकास बैंक र मेघा बैंक बिजयी भएका छन । बिहान भएको पहिलो खेलमा भार्गबले ग्लोबल आईएमई बैंकलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

भार्गबका तेज बहादुर रावल र म्यान अफ दी म्याच जगदिश धामीले क्रमश : १र १ गोल गरेका थिए भने ग्लोबलका प्रेम पौडेलले १ गोल गरेका थिए । दोस्रो खेलमा वेस्टर्नले नबिललाई ५–१ गोलले पराजित गरेको छ । वेस्टर्नका म्यान अफ दी म्याच योगेश खडकाले ३, ओमप्रकाश चौधरी र हरिराम चौधरीले १र१ गोल गरेका थिए । नबिलका कृष्ण पुडासैनीले सान्त्वना १ गोल गरेका थिए ।

नेपाल राष्ट्र बैंकको स्थापनाको अवसरमा नेपालगन्जमा प्रभातफेरी गरिदै ।

त्यसैगरी तेस्रो खेलमा मेघाले ज्योती बिकास बैंकलाई १५ गोल अन्तरले पराजित गर्यो । मेघाका म्यान अफ दी म्याच बिरेन्द्र बहादुर चन्दले ११, शक्ति हमाल र सुमेश जङ शाहले क्रमश २, २ गोल गरेका थिए । यस अघि नेपाल राष्ट्र बैन्कका निर्देशक मुक्तीनाथ सापकोटाले रेफ्रीलाई बल हस्तान्तरण गरि टुर्नामेन्टको उद्घाटन गरिएको थियो । नेपाल राष्ट्र बैन्कको बार्षिक उत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । सो अवसरमा बिहान प्रभातफेरी पनि गरिएको थियो । अन्य दिन बैंकमा व्यस्त रहने यहाँका बैंकरहरु यतिबेला फुटशलमा व्यस्त छन् । व्यवसायीक खेलाडी नभएपनि बैंकहरुले खेलेको फुटलस रोचक समेत बनेको छ ।

प्रकाशित मितिः     १४ बैशाख २०७६, शनिबार १२:५४  |