गोचाली खाजाघरको उद्घाटन, मौलिक परिकार संरक्षणमा सहयोग पुग्ने कँडेलको बिश्वास


नेपालगन्ज, १४ बैशाख : थारु समुदायका परम्परागत खानाका परिकार उपलब्ध हुने गोचाली खाजाघर कटेज नेपालगन्ज–१८ कारकाँदोमा सन्चालनमा आएको छ । शनिबार होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले रिवन काटेर गोचालीको उद्घाटन गरे ।

मौलिक खानपिनलाई प्राथमिकता दिएर खोलिने होटल र रेष्टुरेण्ट अहिलेको आवश्यकता रहेको अध्यक्ष कँडेलले बताए । उनले भने,–‘यस्ता होटलले लोप हुन लागेका हाम्रा मौलिक खानपिनलाई जगेर्ना गर्छ ।’ मौलिक खानपिनका परिकारको जगेर्ना गर्नका लागि आफुहरुले आगामी कात्तिक महिनामा नेपालगन्जमा खाना महोत्सव गर्न लागेको कँडेलले बताए । उद्घाटन कार्यक्रममा होटल व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष रामबहादुर लिम्बु, महासचिव रंग खड्का लगायतको उपस्थिती रहेको थियो ।

गोचारी खाजाघरका सन्चालक सोम डेमनडउराले थारु समुदायको मौलिक परिकार देश बिदेशमा चिनाउका लागि गोचाली खाजाघर स्थापना गरिएको बताए । गोचाली खानाघरमा ढिकरीका परिकार, लोकल कुखुराको मासु, घोंगी, झिंगे माछा, बयरको अचार जस्ता खानाका परिकार पाईन्छ ।

प्रकाशित मितिः     १४ बैशाख २०७६, शनिबार १८:५९  |