भार्गव विकासको नाफा ९५%ले बढयो


नेपालगन्ज : भार्गव विकास बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा चालू आवको तेस्रो त्रैमासमा ९५ प्रतिशतले बढेको छ । गत आवमा रू. २ करोड ६७ लाख आर्जन गरेको नाफा चालू आवमा रू. ५ करोड २२ लाख कमाएको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. ३ करोड ३१ लाख नाफा कमाएको थियो । कम्पनीले गत आवको तुलनामा खुद व्याज आम्दानी ७२ प्रतिशत र सञ्चालन मुनाफा ७२ प्रतिशतले बढाएपछि नाफा बढेको हो । गत आवमा रू. ७ करोड ५ लाख रहेको खुद व्याज आम्दानी चालू आवमा रू. १२ करोड १२ लाख पुगेको छभने सञ्चालन मुनाफा गत आवमा रू. ४ करोड १९ लाख रहेको थियोभने चालू आवमा रू. ७ करोड २२ लाख पुगेको छ ।


तेस्रो त्रैमाससम्म कम्पनीको चुक्ता पूँजी रू. ५० करोड १६ लाख पुगेको छ । गत आवको सोही अवधिमा रू. ३९ करोड ९८ लाख रहेको थियो । कम्पनीले जगेडा कोषमा रू. १३ करोड ५२ लाख जम्मा गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. २ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ७६ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. १३ दशमलव ८९ रहेको छ ।

प्रकाशित मितिः     १५ बैशाख २०७६, आईतवार ०७:४५  |
error: Content is protected !!