१९ वर्षिया चेल्सी बोथराको चित्रकलामा देश प्रेम


नेपालगन्ज पासांगल्हामुरोडकी १९ वर्षिया चेल्सी बोथराले आर्कषक मण्डला शैलीका चित्र बनाएकी छन् । हाल भारतको बैंगलोरमा पढ्दै गरेकी चेल्सीले दुईवर्ष पहिलेदेखि चित्र बनाउँदै आएकी थिईन । ‘मलाई चित्रकलामा धेरै नै इन्ट्रेस्ट छ । त्यही सिक्दै छु ।’– उनले भनिन् । चेल्सीका चित्रकला भित्र नेपालको ऐतिहासिक र सांस्कृतिक पक्ष लुकेको छ । उनले आर्कषक तरिकाले नेपालको झण्डा बनाएकी छन् भने बुद्ध भगवानको पृष्ठभुमीमा मण्डला तयार गरेकी छन् । चेल्सीले भनिन्–‘देशको माया लाग्छ, त्यही भएर चित्रमा त्यसलाई अभिव्यक्त गरेको हो ।’ चेल्सी कक्षा ८ सम्म ब्राईटल्याण्ड कलेजमा पढेपछि थप पढ्न भारत गएकी हुन । उनी नेपालगन्जका प्रतिष्ठित उद्योगपति चम्पालाल बोथराकी कान्छी छोरी हुन । चित्रकलामै भविष्य खोज्ने चेल्सीले बताईन ।

बोथराको मंडला चित्रकला बनाउन बिशेष रुची रहेको छ । संसारमा मंडला मात्र अर्थमक्रमा सर्कलहरू हो । केन्द्रसँग सर्कल जुन सिर्जनाको आधारभूत ढाँचा प्रतिनिधित्व गर्दछ । प्रत्येक मंडला डिजाइनमा एक कथा छ र यो धेरै जटिल छ । मंडलाले ब्रह्मांडको विविधताको प्रतिनिधित्व गर्दछ र चिन्तनशील प्रथाहरुको लागि मार्गदर्शकको रूपमा सेवा गर्दछ जस्तै मनन तर आज मंडल कलालाई लोकप्रिय कला संस्कृतिको लागि टाटोटोस र पर्खाल चित्रणको रूपमा बनाइएको छ ।

प्रकाशित मितिः     १५ बैशाख २०७६, आईतवार १९:४६  |