कोहलपुर उद्योग वाणिज्य संघले आफ्ना सदस्यलाई सय रुपैयामै दुर्घटना बिमा गरायो


बाँके, १६ बैशाख : कोहलपुर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई रु एक सयमै एक लाखको दुर्घटना बिमा गराएको छ । संस्थागतरुपमा व्यवसायीहरुको हितका लागि बिमा कार्यक्रम सुरु गरिएको संघका महासचिव तेजप्रशाद अधिकारीले जानकारी दिए ।

पहिलो चरणमा बैशाखमा ५ सय ५५ जना व्यवसायीको बिमा गरिएको छ । कुल ३८ सय सदस्य मध्ये नविकरण गरेका सदस्यको बिमा गरिएको हो । अर्को चरणको कार्यक्रममा बाँकी सदस्यहरुको बिमा गरिने महासचिव तेजप्रसाद अधिकारीले बताए ।
उक्त बिमा कार्यक्रम बापत वार्षिकरुपमा व्यवसायीले एक सय तिरे पुग्छ । बाँकीको बिमा रकम संघले व्यहोछर्छ । यस वापत बिरामी पर्दा बिमाको दश प्रतिशत, अंगभंग हुँदा ७० प्रतिशत र मृत्यु भएमा बिमा बापतको रकम पाउँने छन् ।

कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले व्यवसायिक सुरक्षाका लागि नयाँ कामको थालनी गरेको बताए । नीजिक्षेत्रबाट सम्भवत पहिलो पटक नयाँ शुरु भएको अधिकारीले बताए ।

प्रकाशित मितिः     १६ बैशाख २०७६, सोमबार ०८:५८  |