सुन राख्ने ‘घाँटी’को परनिर्भरता हटाउँदै


नेपालगन्ज, १६ बैशाख : सुन पसलमा गएपछि सुनतिर सबैको ध्यान जाने भइहाल्यो । तर सुन राख्ने डिब्बामा भने कमैको नजर पर्छ । तपाईले किनेको सुन कस्तो साधनमा राखिएको छ भन्ने धेरैले चासो दिदैनन् । बुटवलका एक युवाले सुन राख्ने आर्कषक ‘घाँटी’ उत्पादन गर्दै आएका छन् । सुन पसलमा सुन सजाउन राखिने साधनलाई घाँटी भनिन्छ । बिश्वकर्मा टे«ड घाँटी उद्योगले यस्ता सामाग्रीको उत्पादन गर्दै आएका छन् ।
उक्त उद्योगका सन्चालक कमल बिश्वकर्माले सुन चाँदीका लागि आवश्यक घाँटी जस्ता सामाग्रीहरु भारतमै भरपर्नुपर्ने अवस्थाको अन्त्य गरिएको बताए । उनले आईतबार कोहलपुरमा सम्पन्न भएको सुनचाँदी व्यवसायी महासंघ बाँकेको साधारणसभामा सुन चाँदी व्यवसायीलाई आफ्ना उत्पादनका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मितिः     १६ बैशाख २०७६, सोमबार १६:२४  |