कुन बैंकले कति नाफा कमाए ?


काठमाण्डौ : चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था हेर्दा सबैभन्दा बढी नाफा नेपाल बैंकले कमाएको छ । नेपाल बैंकले २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै एभरेष्ट बैंकले २ अर्ब २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । सबैभन्दा कम सिटिजन्स बैंक इन्टरनेसनलले १ अर्ब ७ करोड ५३ लाख कमाएको छ ।

त्यस्तै नाफाको वृद्धिदरलाई हेर्दा नेपाल बैंकको नाफा गत वर्षको सोही अवधिमा भन्दा ३२ करोड २२ लाख रुपैयाँले घटेको छ । अन्य बैंकहरुको नाफा भने बढेको छ । सबैभन्दा धेरै नाफा बढाउन सफल ग्लोबल आईएमई बैंक देखिएको छ । यो बैंकको नाफा गत वर्षको नौ महिनामा भन्दा ५१ करोड ३ लाख रुपैयाँले बढेको छ । सानिमा बैंक र माछापुच्छ«े बैंकले पनि ३८ करोड बढीले नाफा बढाएका छन् । एभरेष्ट बैंकको नाफा ३५ करोड ४० लाख रुपैयाँले बढेको छ । सिटिजन्स बैंक इन्टरनेसनलको नाफामा भएको वृद्धि (रुपैयाँमा) अहिले सम्म वित्तीय विवरण प्रकाशित गरेका नौ वटा वाणिज्य बैंकहरु मध्ये सबैभन्दा कम देखिन्छ । यो बैंकले ८ करोड ६४ लाख रुपैयाँले नाफा बढाएको छ । #बैंकिंगखबर#

प्रकाशित मितिः     १८ बैशाख २०७६, बुधबार १५:००  |