उपमहानगरले बनाउने बागेश्वरी कम्पलेक्सको डिपिआर अन्तिम चरणमा


उपमहानगरपालिकामा पेश गरिएको यो डिपिआर सुधार सहित परिवर्तन गरिदैछ ।

नेपालगन्ज, १९ बैशाख : नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २ मा निर्माण गर्न लागेको बागेश्वरी कम्पलेक्सको डिपिआर अन्तिम चरणमा पुगेको छ । बागेश्वरी मन्दिर पूर्वपट्टीको खाली जग्गामा उपमहानगरपालिकाले बहुउदेश्यीय सपिङ्ग कम्पलेक्स बनाउँदै छ ।

अरनिको डिजाईनर एण्ड प्लानरले डिपिआर बनाउने कामलाई अन्तिम रुप दिन लागेको हो । यसअघि उक्त कम्पनीले तयार गरेको डिपिआरमा सुधार गर्ने सुझाव सहित फिर्ता पठाईएको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए । केही सुधार सहित बैशाख अन्तिमसम्म डिपिआर तयार हुने रिजालले बताए ।

डिपिआर तयार भइसकेपछि कुल लागत स्टिमेट एकिन हुने भएपनि झण्डै ५० करोड लाग्ने अनुमान गरिएको छ । ६ तलाको सपिङ्ग कम्पलेक्समा फिल्म हलदेखि अण्डरग्राउण्ड पार्किगसम्म बनाउने तायरी भइरहेको छ । उपमहानगरपालिका स्रोतका अनुसार कम्लेक्स बनाउन उपमहानगरपालिकाको आफ्नै स्रोत सहित टिडिएफ नामक निकायसंग ऋण लिने तयारी भइरहेको छ । डिपिआर तयार भएपनि ऋण स्वीकृतीका लागि प्रक्रिया थालिने छ । उपमहानगरपालिकाले डिपिआर तयार भइसकेपछि आउने आर्थिक वर्षदेखि पूर्वाधार निर्माणको काम सुरु गर्नेछ ।

प्रकाशित मितिः     १९ बैशाख २०७६, बिहीबार ११:३७  |