बजार विक्री प्रतिनिधि संघ बाँके बर्दिया शाखाको अध्यक्षमा रेगु भण्डारी


नेपालगन्ज, १९ बैशाख : नेपाल बजार विक्री प्रतिनिधि संघ बाँके बर्दिया शाखाको अध्यक्षमा रेगु भण्डारीलाई चयन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्ष शिव बहादुर बटाला, उपाध्यक्ष रमेश केसी, सचिव पदम वली, सह–सचिव मर्मजन बम र कोषाध्यक्ष गगन बहादुर शाही रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा बालकृष्ण रेग्मी, जिवन शर्मा, चित्र चौधरी, बिजय बोहरा, सन्तोष सिग्देल, बिजय खड्का, तेज डाँगी, विष्णु बस्नेत, ध्रुब राज खनाल, अशोक पराजुली, रेशम भुषाल रहनुभएको छ । बिबेकराज भण्डारीलाई वरिष्ठ सल्लाहकार, सन्जय बर्मा, अनिल शर्मा, अनुज श्रेष्ठ, सुनिल खनाल र उमेश घिमिरेलाई सल्लाहकारमा चयन गरिएको छ ।

नेपाल बजार विक्री प्रतिनिधि संघ शाखाले आफनो नाम परिवर्तन गरी बाँके बर्दिया थप गरेको हो । नयाँ कार्यसमितिले आगामी बैशाख २७ गते साधारण सदस्यहरुको उपस्थितीमा बैठक बस्ने निर्णाय पनि गरेको जनाएको छ ।

प्रकाशित मितिः     १९ बैशाख २०७६, बिहीबार १८:२७  |