‘क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ले ५ हजार रुख लगाउने, रोप्ने ठाउँ दिन डा. कर्णको आग्रह


नेपालगन्ज २० बैशाख : ‘क्लिन नेपालगन्ज, ग्रीन नेपालगन्ज’ अभियान अन्र्तगत नेपालगन्जमा ५ हजार रुख रोपिने भएको छ । नेपालगन्जलाई हरियाली र सफासुग्घर बनाउने अभियानका सुत्राधार डा. बिनोद कर्णले यसपटको वर्षायाममा ५ हजार रुख रोप्ने योजना बनाएको बताए ।

रुख लगाउने उपयुक्त मौसम बर्षायाम हो । सोही मौसमलाई लक्षित गरी रुख रोप्ने योजना बनाएको डा. कर्णले बताए । रुख लगाउने जग्गा र कस्तो रुख रोप्ने भन्ने बिषयमा सुझाव दिन उनले आग्रह गरेका छन् । नेपालगन्जलाई हरियाली बनाउन डा कर्ण, हेमन्तराज काफ्ले लगायतले शुरु गरेको अभियान प्रभावकारी बन्दै गएको छ ।

चर्चित चिकित्सक रहेका कर्णले साप्ताहिक सरसफाई अभियान सन्चालन गर्दै आएका छन् । उनकै अभियान अन्र्तगत नेपालगन्जका सडकमा लगाईएका फुलहरु यतिबेला ढकमक्क फुलेका छन् ।

प्रकाशित मितिः     २० बैशाख २०७६, शुक्रबार ०८:०९  |