सीतापुरमा हावाहुरीले घर,गोठ उडायो, बाँकेका धेरै ठाउँ प्रभावित


नेपालगन्ज, २० बैशाख : बिहिवार रातीदेखि शुरु भएको हावाहुरी र पानीका कारण बाँकेका कयौं ठाउँमा घर भत्किएका छन् । बालीनाली असर परेको छ । बाँकेको खजुरा र जानकी गाउँपालिकाका धेरै घरमा क्षती पुगेको पीडितहरुले बताएका छन् ।

खजुरा गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मीबहादुर थापा, प्रह््लाद थापा, जानकी गाउँपालिका वडा नम्बर २ का लालबहादुर केसीको घर, गोठ र कुखुरा फार्म हावाहुरीले उडाएको छ । पीडित लक्ष्मीबहादुर थापाका अनुसार घर,गोठ र कुखुरा फार्म कामै नलाग्ने गरी क्षती भएको छ । हावाहुरीले पारेको प्रभाव मुल्यांकन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । धेरैका घरका छाना उडाएको छ ।


प्रकाशित मितिः     २० बैशाख २०७६, शुक्रबार ०९:३९  |
error: Content is protected !!