बाँके २१ बैशाख : आर्थिक वर्ष २०७५र २०७६ को माघ महिनासम्म बाँकेमा सन्चालन हुने गरी पाँच उद्योग उद्योग बिभागका दर्ता भएका छन् । यि उद्योगमा चुक्ता पुँजी रु डेढ अर्व रहेको छ । ट्याक्टरको म्यानुफ्याक्चरिङ्गदेखि क्यासिनोसम्मका उद्योगहरु दर्ता भएका हुन ।
उत्पादनमूक उद्योगमा क्रिस मोटर प्रालि रहेको छ । चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ भने एक हजार ट्याक्टर म्यानुफ्याक्चरिङ्ग गर्ने क्षमताको बनाईदैछ । उक्त उद्योग सन्चालन भए एक सय जनाले रोजगारी पाउने छन् । क्रिस मोटर प्रालि सन्चालकहरुले अझै धेरै दर्ताका प्रक्रियाहरु बाँकी रहेकाले यस बिषयमा थप कुनै जानकारी दिन मानेन् ।
गणपति डोर एण्ड प्लाई उड उद्योग समेत चालु आर्थिक वर्षमै दर्ता भएको छ । यसको चुक्ता पुँजी २४ करोड बढि रहेको छ । त्यस्तै होटल सेन्ट्रल प्लाजा, भेरी अन्चल यातायात सेवा प्रालि, ज्याकपट गेमिंग सेन्टर ( क्यासिनो) पनि चालु आर्थिक वर्षमै दर्ता भएका छन् । होटल सेन्ट्रल प्लाजा लगायत दर्ता भएका उद्योग सन्चालनमा छन् ।