बन्दै गरेका वाटरपार्क र बिजनेश कम्पलेक्सले पर्यटकको नेपालगन्ज बसाई लम्ब्याउने बिश्वास


तस्वीर : साभार ( गुगल)

बाँके, २१ बैशाख : बाँकेमा एकसाथ तीनवटा वाटर पार्क बन्दै छन् । कुनै बाधा अवरोध नभए २००७६ सालभित्र सबै वाटरपार्क पूर्णरुपमा सन्चालन हुने छन् । रोमाञ्चकारी पर्यटकीय पूर्वाधारको निर्माणमा ठूलो लगानी गरिरहेका व्यवसायीको मुख्य लक्ष्य भारतीय पर्यटक हुन् । आन्तरिक पर्यटक बाहेक विश्व स्तरिय मनोरञ्जनको गन्तव्यको रुपमा विकसित गरेर भारतको सीमावर्ती उत्तरप्रदेशको लखनऊ सम्मका उपभोक्तालाई नियमित रुपमा नेपाल भ्रमणमा आकर्षित गर्न सकिने व्यवसायीको विश्वास छ ।

निर्माणाधिन मानसरोवर एम्युजमेन्ट पार्क एण्ड रिसोर्टले ’नेपालगन्ज थ्रिलर जोन’ का प्रमुख डा. ओमप्रकाश मिश्रले एकदिनमै नेपालगन्ज घुमघाम गरेर फर्किन भ्याउने भूगोलमा उत्तर प्रदेशको एक करोड जनसंख्याको बसोबास रहेको बताउँदै भने,‘स्वदेश भित्रै पनि यस्तो २५ लाख जनसंख्या रहेको छ ।‘

मानसरोवर पदयात्रामा जाने भारतीय पर्यटकको आगमनका कारण पर्यटकीय सिजनमा नेपालगन्जको होटलमा पर्यटक भरिभराउ हुन्छन् । अरु समयमा सभा सम्मेलनको लागी आउने समूहबाहेक पर्यटकको बाक्लो आगमन खासै हुँदैन । लामो समयसम्म पर्यटकको आगमन नहुने भएकोले ठूला होटलका संचालकलाई संचालन खर्च जुटाउन समेत हम्मे पर्ने गरेको छ ।

क्यासिनो, वाटर पार्क, मल्टिप्लेक्स सिनेमा घर र भाटभटेनी सुपर स्टोरको संचालनले स्वदेशी र विदेशी पर्यटकको नेपालगन्ज बसाई लम्ब्याउन टेवा पुग्ने पर्यटन व्यवसायीको विश्वास छ ।नेपालगन्ज–दिल्ली सीधा हवाई उडानको घोषणाले पनि व्यवसायी हौंसिएका छन् ।
नेपालगञ्जको बाले गाउँ, जानकी गाउँपालिकाको राँझा र कोहलपुरको हवलदारपुरमा छुट्टाछुट्टै व्यवसायिक समूहको लगानीमा निर्माणाधीन ठूलो भौतिक पूर्वाधार सहितको वाटर पार्क (जल क्रिडा स्थल) संचालनमा ल्याउन व्यवसायीले तीब्ररुपमा निर्माण कार्य भइरहेको छ ।

प्रकाशित मितिः     २१ बैशाख २०७६, शनिबार १६:०९  |