अन्तर बैंक फुटसलको उपाधि कैलाश बैंकलाई, गर्भनर नेपालद्धारा पुरस्कार बितरण


नेपालगन्ज, २१ बैशाख : नेपालगन्जमा सम्पन्न प्रथम अन्तर बैंक फुटसल टुर्नामेन्टको उपाधि कैलाश बिकास बैंकले जितेको छ । शनिबार सम्पन्न फाईनलमा एसबिआई बैंकलाई पराजित गर्दै कैलाश उपाधि जित्न सफल भएको हो । कैलाशले एसबिआईलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।


कैलाशका लागी निशान थापाले २ तथा रमेश बोहराले १ गोल गरेका थिए । उपाधीसंगै कैलाश बैंकले नगद २५ हजार रुपैया प्राप्त ग¥यो भने उपबिजेता एसबिआईले १५ हजार रुपैया प्राप्त ग¥यो । बिजेता तथा उपबिजेता टोलीलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल, नेपाल राष्ट्र बैंक नेपालगंजका निर्देशक मुक्तिनाथ सापकोटा, कर्मचारी संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज मिश्र लगायतले पुरस्कार, पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।



नेपाल राष्ट्र बैंक नेपालगन्ज कर्मचारी संघको आयोजनामा गत बैशाख १४ गतेबाट शुरु भएको प्रतियोगिता २९ वटा टीमको सहभागिता रहेको थियो । नेपाल राष्ट्र बैंकको ६४औं बार्षिकोत्सवको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रकाशित मितिः     २१ बैशाख २०७६, शनिबार २०:२४  |
error: Content is protected !!