काठमाडौं। तपाईँले ट्राफिक नियम पालना गर्नुभएन भने अहिले सामान्यतया ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ। सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लङ्घनको जरिवाना प्रकृति हेरेर बढीमा तीन गुणासम्म बढाउने तयारी भइरहेको छ।
यातायात व्यवस्था विभागले ९ हजारसम्मको पनि जरिवाना गर्नसक्छ। अब आउने नयाँ ऐनमा १५ सयदेखि १५ हजारसम्म जरिवाना तोक्ने तयारी गरेको छ। जरिवाना दस्तुर बढाएपछि राजस्वमा पनि वृद्धि भएको छ। ट्राफिक कारबाहीमा मात्र एक वर्षमा १ अर्बभन्दाबढी राजस्व सकलन भइरहेको छ।
नेपाल प्रहरीको तथ्याङक अनुसार गएको एक वर्षमा ट्राफिक कारबाहीबाट १ अर्ब ६ करोड ६८ लाख रुपैयाँ राजस्व संकलन भएको देखिन्छ।नेपाल प्रहरीले एक वर्षमा बरामद गरेको अवैध सुनको मूल्यभन्दा पनि बढी हुन आउँछ। प्रहरीले एक वर्षमा अवैध सुनबाट राज्यको लागि ४५ करोड ४ लाख ६० हजार रुपैयाँको योगदान पुर्याएको छ।
०७५ वैसाखदेखि चैत मसान्तसम्म प्रहरीले ७८ केजी सुन बरामद गरेको थियो। ट्राफिक नियम उल्लङघन गर्नेको सङख्यामा वृद्धि भएसँगै राजश्व बढेको तथ्याङ्कले देखाउने नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन्।
क्ष्उचबमभभ
नेपाल प्रहरीले अवैधरुपमा भन्सार छली गरेर ल्याएका सामान समेत बरामद गरेर राजस्व अनुसन्धान विभागलाई बुझाउँछ। ट्राफिक कारबाही र अवैध सुन बरादमबाट प्राप्त राजश्वभन्दा कर छलीबाट भित्र्याएका सामानको राजस्व कम देखिन्छ। सोही अवधिमा प्रहरीले राजस्व छलिएका सामानबाट ४२ करोड ४३ लाख ९ हजार सकलन गरेको छ।
लेन अनुशासन, मादक पदार्थ सेवन गरी सवारी चलाएको, हर्न कारबाही, जथाभावी पार्किङ गरेको लगायतमा दैनिक १ हजार देखि १८ सयसम्म दैनिक कारबाहीमा पर्ने गरेको महानगरीय ट्राफिक प्रहरीको महाशाखाको तथ्याङकले देखाएको छ।