नेपालगन्ज, २३ बैशाख : बाँके र बर्दियाका तीन उद्योग प्रतिष्ठानले मात्र श्रम ‘श्रम अडिट’ बुझाएका छन् । बाँकेमा यती,तारा एयर र बर्दियामा चौधरी समूहको उद्योगबाट श्रम अटिड प्राप्त भएको श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख कारखाना निरिक्षक हरीशंरण चौलागाईले जानकारी दिए ।
उक्त कार्यालयको कार्यक्षेत्र बाँके, बर्दिया, दाङ्ग र पूर्वी रुकममा झण्डै डेढ सय उद्योग सन्चालनमा छन् । तर अन्य उद्योगले श्रम अटिड बुझाएका छैनन् । श्रम नियामावली २०७५ ले श्रम अडिट मापदण्ड २०७५ स्वीकृत गरी कार्यान्वयनमा ल्याएपछि देशभरका उद्योग, प्रतिष्ठानले श्रम अटिड गर्नुपर्छ । तर नयाँ व्यवस्था भएकाले उद्योग प्रतिष्ठानलाई श्रम अडिट गर्न मुस्किल भइरहेको छ । श्रम अटिडमा कर्मचारीको सामान्य बिबरणदेखि तलव कति पाउँछन् भन्ने जस्ता सम्पूर्ण बिबरण उल्लेख गर्नुपर्छ । हेर्नु श्रम अडिट मापदण्ड
त्यसका लागि उद्योग, प्रतिष्ठाले निश्चिम नमुना सहितको फारम भर्नुपर्छ । यस्तो फारम प्रत्येक पुस महिनासम्म बुझाउनुपर्छ । श्रम कार्यालय नेपालगन्जका प्रमुख कारखाना अधिकृत चौलागाईले श्रम अटिडट गर्नैपर्ने बताए । उनले भने,–‘सुरुवात भएका कारण तत्काल नै कडाई गर्न सकेनौ । यस बारेमा अझै बुझ्न बाँकी नै रह्यो । तर अब यसलाई अनिवार्य बनाउँछौ ।’ बाँके लगायतका जिल्लामा प्रत्येक उद्योगलाई श्रम अडिट गराउन पत्र पठाईसकेको चौलागाईले बताए । अब प्रत्येक उद्योगमा पुगेर श्रम अडिट गरे नगरेको अनुगमन गरिने उनले जानकारी दिएका छन् ।