कलेज अफ अलाइडका विद्यार्थीले बनाए स्मार्ट सिटी !(तस्वीर सहित)


नेपालगञ्ज जेठ ६ गते– नेपालगन्ज–१३ स्थित कलेज अफ अलाईडका विद्यार्थीले सोमबार ‘स्मार्ट सिटी’ जस्ता अत्याधुनिक पूर्वाधारको नमुना प्रदर्शन गरेका छन् । सबैको मुखमा झुण्डिने स्मार्ट सिटीको आर्कषक नमुनाले आगन्तुकको ध्यान खिचेको थियो । कलेज अफ अलाईडको टेक्निकल साईन्स, अफ््थाल्मीक, हेल्थ साईन्सको बिभिन्न तहमा अध्ययनर विद्यार्थीले नमुना प्रदर्शन गरेका हुन ।

सिभिल सब–इन्जिनियर दोस्रो वर्षमा अध्ययनरत दश जना विद्यार्थीले बनाएको स्मार्ट सिटी भित्र अत्याधुनिक अस्पताल, सूचना प्रविधिको पहुँच, गुणस्तरिय शिक्षा दिने शिक्षालय, सपिङ्ग मल, पार्क, फ््लाईवोभर, बैंक तथा बित्तिय सेवा जस्ता सम्पूर्ण पूर्वाधारलाई आर्कषक तरिकाले डिजाईन गरिएको छ । बिद्यार्थी प्रकाश गिरीले छ दिन लगाएर स्मार्ट सिटीको डिजाईन तयार गरिएको बताए ।



हेल्थ साईन्सका बिद्यार्थीले आर्कषक तरिकाले स्वास्थयसंग जोडिएका बिषयमा नमुना प्रस्तुत गरेका थिए । मानव स्वास्थ्यलाई कसरी स्वास्थ्य राख्न भन्ने बिषयलाई बिद्यार्थीहरुले कलात्मक तरिकाले प्रस्तुत गरेका थिए । अन्य बिद्यार्थीहरुले पानी घट्ट, हाईड्रो लिक पुल, हावाबाट बिजुली निकाल्ने प्रविधिको नमुना प्रस्तुत गरेका थिए ।

कलेज अफ अलाईडका प्रिन्सिपल शेरबहादुर थापाले विद्यार्थीले बनाएको नमुना व्यवहारिकरुपमा देख्न पाइने आशा गरेको बताए । त्यसक लागि राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । उक्त प्रदर्शनीमा भेरी प्राविधिक शिक्षालयका प्रमुख अच्यूत दाहाल प्रमुख आतिथ्यता र कलेजका प्रबन्ध निर्देशक सन्जय सिंहको अध्यक्षतामा भएको कायृक्रममा निर्देशक रेवती सिंह, बिभिन्न कलेजका बिद्यार्थी,शिक्षक कर्मचारीले बिद्यार्थीले बनाएको नमुनाहरु अवलोकन गरेका थिए ।

प्रकाशित मितिः     ६ जेष्ठ २०७६, सोमबार ११:४७  |
error: Content is protected !!