दुधमा उत्पादन प्रोत्सहान गर्न प्रदेश सरकारको अनुदान को कस्ले पाए


नेपालगन्ज,७ जेठ : पाँच नम्बर प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय ले उत्पादनमा आधारित दुधमा अनुदान प्रदान गरेको छ । पहिलो पटक यस क्षेत्रमा दुध उत्पादन गरिएको परिणामको आधारमा नगद अनुदान प्रदान गर्ने निर्णय गरेको हो । जस अनुसारे स्वीकृत अनुदान ग्राहीहरुको नाम सर्वजनिक गरेको छ । २०७६ जेठ ५ गते बसेको अनुदान व्यवस्थापन समितिको निर्णय अनुसार दुध तथा डेरी जन्य पदार्थमा अनुदान प्रादन गर्ने गरी २६ जना अनुदानग्राही कृषि तथा दुग्ध विशिष्ठकृत सहकारी संस्थाहरु हरुको नाम सर्वजनीक गरेको हो ।

जस अनुसार उत्पादन(दुध) प्रर्वद्धनमा आधारित किसान सहयोग कार्यक्रम अनुसार प्रति लिटर दुधमा १.९२ रुपैयाँ अनुदान प्रदान गरिने छ । पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. युगोलकिशोर तिवारीका अनुसार कुल अढाई करोड रुपैयाँ प्रदान गरिने जानकारी दिए । उनका अनुसार किसानहरुबाट आवदेश माग गरिएअनुसार आवदेन आह्वान गरिएको र सोही अनुसार २६ जना किसान÷दुग्ध सहकारी संस्था वा कृषि सहकारी संस्थालाई नगद अनुदान उपलब्ध गराईएको हो । यदि कुनै पनि अनुदान ग्राहीको अनुदान प्राप्त गर्न नहुने हो भन्ने विषयमा सूचना प्रकाशित भएको ७ दिन भित्र उजुरी गर्न समेत सकिने निर्देशक डा. तिवारीले जानकारी दिए ।

प्रकाशित मितिः     ७ जेष्ठ २०७६, मंगलवार ०७:२०  |