बजेटबारे नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको टिप्पणी


१६ जेठ, बाँके : सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटले बाँकेलाई धेरै सम्बोधन गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको मूल्यांकन छ । संघले लामो समयदेखि उठाउँदै आएको राँझा बिमानस्थलको स्तरोन्नती, एकिकृत भन्सार जाँचचौकी, नौवस्था औद्योगिक, मेगा सिटी, औद्योगिक करिडोरको बिषयलाई प्राथमिकता दिनुपर्ने सकारात्मक भएको संघका अध्यक्ष बैश्यले बताए ।

बुधवार सार्वजनिक भएको बजेटमा बाँकेमा मेघा सिटी र औद्योगिक करिडोर निर्माणको योजना बाहेक अधिकांस पुरानै योजनाको कार्यान्वयन र स्तोरन्नती गर्न बजेट बिनियोजन गरिएको छ  मेघा सिटीको सम्भाव्यता अध्ययन गर्ने देशभरका नौं वटा शहर छनौट गरिएकोमा कोहलपुर र नेपालगन्जलाई संयुक्तरुपमा समेटिएको छ । सरकारले बजेट मार्फत देशभरका तीव्र शहरीकरण भइरहेका विराटनगर, इटहरी, काठमाडौं उपत्यका, वीरगंज, जीतपुर (सिमरा), पोखरा उपत्यका, सिद्धार्थनगर (बुटवल), कोहलपुर (नेपालगंज) तथा अत्तरिया (धनगढी) लाई मेगासिटीको रुपमा विकासका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ। यो बाँकेका लागि नयाँ नयाँ योजना भने हो ।

सरकारले कोहलपुर–जमुनाहक्षेत्रलाई औद्योगिक करिडोरका रुपमा विकास गर्ने भएको छ । उद्योगीहरु माझ औद्योगिक करिडोर बनाउनुपर्छ भन्ने बिषयमा निरन्तर बहस र छलफल भइरहेको बिषयलाई यो बजेटले सम्बोधन गरेको छ । अर्थमन्त्रीले कोहलपुर जमुनाह सडकखण्डलाई औद्योगिक करिडोर निर्माण गर्नका लागि आवश्यक पर्ने जग्गा, बिजुली, ढल, सडक सुधार जस्ता पूर्वाधार निर्माणका लागि बजेट समेत बिनियोजन गरेको जनाएका छन् । उक्त सडकखण्डलाई ओद्योगिक करिडोर निर्माण गरेर नेपालगन्ज र कोहलपुर पूर्णरुपमा जोडिने छन् । अहिले पनि उक्त सडकखण्डमा दर्जनौ उद्योगहरु सन्चालनमा छन् । त्यस्तै भैरहवा र नेपालगन्ज एकिकृत भन्सार जाँचचौकी निर्माणलाई प्राथमिकतामा राखिएको छ । नौवस्ता औद्योगिकक्षेत्रको कामलाई तिब्ररुपमा अघि बढाईने भएको छ । हाल सामान्यरुपमा काम अघि बढेको नौवस्ता औदोगिक क्षेत्रमा अब भने तिब्ररुपमा काम गर्ने अपेक्षा गरिएको छ ।

सरकारले बजेट मार्फत हवाई क्षेत्र विकासको १५ अर्ब ८५ करोड बिनियोजन गर्दा त्यसको फाईदा बाँकेले पनि पाउने छ । आन्तरिक बिमानस्थलहरु बिराटनगर, जनकपुर, सिमारा, नेपालगंज, दाङ र धनगढीमा ठूला बिमानहरु बस्न सक्ने गरी पूर्वाधार निर्माण गरिने बताइएको छ। यसैगरी सुर्खेतमा नयाँ बिमानस्थल निर्माणकालागि संभाब्यता अध्ययन अघि बढाइने बजेटमा उल्लेख छ। सरकारले हाल बन्दै गरेको एकिकृत भन्सार जाँच चौकीको निर्माणको कामलाई तिब्र बनाउने उल्लेख गरेको छ । बाँकेलाई प्रत्यक्ष पार्ने अर्को बिषय बनेको पश्मि नेपालमा बिशेषगरी थारु समुदायमा लाग्ने सिकलसेल रोगकोे उपचारलाई बिशेष प्राथमिकतामा दिने घोषणा पनि हो ।संसदमा प्रस्तुत भइरहेको बजेटमा सिकलसेल उपचार, भेरी अस्पताल, खजुरास्थित क्यान्सर अस्पतालको स्तरोन्नतीका लागि बजेटको व्यवस्था गरिएको छ । संघका अध्यक्ष बैश्यले बहुउदेश्य सभागृह जस्ता योजनाका बिषयमा भने छुटेको महसुस गरेको बताए । बजेटले नीजिक्षेत्र मैत्री निती लिएको बताए ।

प्रकाशित मितिः     १६ जेष्ठ २०७६, बिहीबार १५:३६  |