उद्यममा चम्किएका महिला


  • निशु जोशी
केहि समय पहिले चुलोचौकामा मात्र सीमीत महिलाहरु अहिले हरेक क्षेत्रमा सवल र शशक्त वन्दै गएका छन् । आर्थिक र सामाजीक रुपले उनिहरु सक्रिय देखीन थालेका छन् । अहिले हरेक क्षेत्रमा उनिहरुले कव्जा जमाउन थालेका छन् । बाँकेमा उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, राजनीति लगायतको क्षेत्रमा प्रभावशाली महिलाको वश्र्चव हुन थालेको छ । उनको कामको खुलेर प्रशंसा गर्न सकिन्छ । चुलौचुकामा मात्र सीमित महिलाहरुले पछिल्लो समय करोडौका कारोवार पनि सन्चालन गर्न थालेका छन् । ठुलठुला होटेल, व्यापार, व्यवसाय उनिहरु एक्लैले धानीरहेका छन् । आर्थीक अवस्था कमजोर भएका महिलाहरु पनि आर्थीक आयआर्जनमा कसरी फड्को मार्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । त्यसैले उनिहरु आर्थिक सक्षमताको बाटोमा अग्रसर देखीन्छन् । घरमै पनि उनिहरु आयआर्जनका कामहरु गर्न थालेका छन् ।
सानो कामबाट नै उनिहरुले चुलोचौकाको सीमित घेरालाई फराकिलो वनाउदै लगेका छन् । अचार उत्पादन, खेलौना, कुशन निर्माण, सीलाई कटाई लगायतका काम गरेर आत्मनिर्भरको बाटोमा पनि छन् । सानै व्यवसायबाट करौडौको कारोबार गर्ने महिलाको सूचिमा समेत महिलाहरुको नाम थपिदै गएको छ । महिला उद्यमी संघ बाँकेमा आवद्ध ३ दर्जन वढि महिलाहरुले पनि लाखौदेखी करोडौको कारोबार गरीरहेका छन् । संघले जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर महिलाहरुलाई विभिन्न सीपमुलक तालीम दिदै आएकोले ग्रामीण क्षेत्रका महिलाहरु पनि उद्यमी वन्नतर्फ अग्रसर रहेको महिला उद्यमी संघका अध्यक्ष शुशिला गौतमले बताउनुभएको छ । संघ स्थापना भएको १५ वर्ष पुगेको छ ।
नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भवानी राणाले स्थापना गर्नुभएको संघले १५ वर्षको अवधिमा हजारौ महिलाहरुलाई आर्थीक सवलीकरणका लागी सीपमुलक तालीम दिएको छ । नेपालगन्जकी राणा आफै पनि देशकै प्रभावशाली महिला उद्यमी हुन् ।
तर संघमा हालसम्म कति महिलाहरु उद्यमी वने, कतिको कारोबार उनिहरुले सन्चालन गरीरहेका छन् यसको एकिन तत्थ्यांक छैन । त्यस्तै, मधेसी, मुस्लीम महिलाहरुको आर्थीक अवस्था सुधार गर्नका लागी फातिमा फाउण्डेसनले पनि विभिन्न सीपमुलक तालीमहरु सन्चालन गर्दै आएको छ । फातिमा फाउण्डेसनका मैमुना सीद्धिकिका अनुसार सीप सीकीसकेपछि करीब ३ हजार महिला आत्मनिर्भर भएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अनुसार नेपालगन्जमा करीब ५ हजारको संख्यामा उद्योगी व्यवसायी छन् । त्यसमध्य १ सय वढि उद्योग महिलाहरुले नै एक्लैले सन्चालन गरेर चलाइरहेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यका अनुसार नेपालगन्जमा लाखौदेखी करोडको कारोबार गर्ने महिलाको संख्या १ सय वढि छ । त्यसमध्य करोडौको कारोबार गर्ने महिला आधा दर्जन मात्र रहेको छन् ।

बाँके जिल्लामा करोडौको कारोबार गर्ने महिला कति छन् भन्ने एकिन तत्थ्यांक नभएपनि २ दर्जन बढि रहेको अनुमान छ । बाँकेमा लाखौदेखी करोडको कारोबार गर्दै नेतृत्व तहमा समेत सक्रिय रहेका केहि प्रभावशाली व्यवसायी महिला ।

दिला शाह
Image may contain: Dila Shah, smiling, closeup
शाह पनि करोडको कारोबार गर्ने महिला हुन् । सामान्य परिवारमा हुर्किएकी शाह एक सफल उद्यमीको रुपमा परिचित छन् । २०६५ सालदेखी व्यवसाय सुरु गरेकी शाह हाल नेपालगन्ज औद्योगिक क्षेत्रमा रहेको गणपति प्लाष्टिक इन्डष्ट्रिज कम्पनीकी प्रबन्धक हुन् । उनको उद्योगबाट उत्पादित सामाग्री साविकका मध्य र सुदुरपश्चिमका अधिंकांश जिल्लामा जाने गरेको छ । ग्रामीण क्षेत्रका मानीसहरुले कम मुल्यमा सामाग्री खरीद गर्दै आएको देखेपछि उनिहरुलाई गुणस्तरीय सामाग्री उपलव्ध गराउनका यो व्यवसाय सुरु गरेको उनि बताउछिन् ।  १३ करोडको लगानी भइसकेको गणपति प्लाष्टिक इन्डष्ट्रिजको हाल चालु पुजी ५ करोड रहेको छ । उद्योगमा ३ दर्जन वढिले रोजगारी पाएका छन् । शाह साहित्यमा समेत कलम चलाउछिन् । उनि अन्य विभिन्न सामाजीक संघसंस्थामा पनि आवद्ध छिन् ।
पहाडी भेगका मानिसहरुले कमसल दानाबाट बनेका प्लास्टिकका सामानहरु धेरै प्रयोग गर्ने तर त्यस्ता कमसल सामानले मानव जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गर्ने भएकोले नं १ स्पेसल दानाबाट गुणस्तरीय सामाग्री उत्पादन भइरहेको उनले वताइन् ।  ग्रामीण क्षेत्रमा यहाँ उत्पादित सामाग्री लोकप्रिय छ । उनका  श्रीमान दिनेश चन्द रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका हार्डवयर ब्यापारी हुन् । उनि हाल रुकुम पश्चिमको आठविसकोट उद्योग वाणिज्य संघको अध्यक्ष पनि हुन् । उनि बालकल्याण उच्च माबिका विद्यालय व्यवस्थापन समीतिका अध्यक्ष समेत हुन् । शाह र चन्द दुवै समाजसेवा पनि हुन् । शिक्षाले मानीसमा जागरण ल्याउने भएकाले दुवैले विभिन्न माध्याम मार्फत मानीसहरुलाई शिक्षित वनाउने काम समेत गर्दै आएका छन् ।
सावित्रा वस्नेत
Image may contain: Radha Basnet, smiling, standing
नेपालगन्जकी सावित्रा वस्नेत करोडको कारोवार गर्ने महिला व्यवसायी मध्यकी एक हुन् । उनले सन्चालन गरेको उद्योगबाट धारा टुटि लगायतका सामाग्री उत्पादन भइरहेको छ । व्यापारको कार्यक्षेत्र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश मात्र नभइ काठमान्डौ पनि हो । उनले सन्चालन गरीरहेको यो उद्योगले २ करोड बढिको कारोबार गरीरहेको छ । २०६२ सालमा कत्था उद्योग सन्चालन गरेकि व्यवसाय सुरु गरेकी उनिसंग २०६७ सालमा पानीको वोतल उत्पादनको काम गरेको पनि अनुभव छ ।
२०६८ सालदेखी खानेपानीका लागी आवश्यक भल्व, धारा, टुटिहरु उत्पादन निरन्तर हालसम्म चलीरहेको छ । उनि महिला उद्यमीहरुको नेतृत्व तहमा समेत सक्रिय छिन् । हाल उनि महिला उद्यमी संघ बाँकेका महासचिव समेत हुन् । उनि महेन्द्र वहुमुखी क्याम्पसको उपप्राध्यापक पनि हुन् । श्रीमान अशोक वस्नेत क्याम्पसमा म्यानेज्मेन्ट शाखा हेर्ने गर्छन् । उनका श्रीमानले व्यवसायमा म्यानेजमेन्टको काममा सघाउने गरेका छन् । सावित्राको दैनिकि विहान कलेज र दिउसो उद्योगमा वित्ने गरेको छ । श्रीमानको साथ र सहयोगका कारण व्यवसाय सन्चालनमा अव्वल देखीनुका साथै नेतृत्व तहमा समेत सक्रिय रहन सहज भएको उनि बताउछिन् ।
मीना गौडेल
Image may contain: 1 person, smiling, standing
बाँके कोहलपुर नगरपालिका ८ स्थित आधुनिक झ्याल ढोका उद्योग तथा मनकामना सिमेन्ट उद्योग सञ्चालक मिना गौडेल पनि करोडको कारोबार सन्चालन गर्ने महिला व्यवसायी हुन् । कठिन संर्घष गर्दै व्यवसाय सन्चालन गरीरहेकि गौडेल पनि बाँकेको प्रभावशाली महिला व्यवसायी हुन् ।
श्रीमान श्रीमतीले संयुक्त रुपमा सन्चालन गरीरहेको व्यवसाय एक्कासी श्रीमानको मृत्युपछि एक्लैले सम्हाल्नुपरयो । श्रीमानको साथ छुटेपनि उनले निरन्तर एक्लै करोडको कारोबार धानीरहेकि छिन् । उनका एक छोरा र एक छोरी छन् । अहिले उनको उद्योगमा सय वढिले रोजगारी पाएका छन् । यससंगै उनि राजनीतिमा पनि सक्रिय छिन् ।
दुर्गा कडेल
Image may contain: Durga Kandel, sitting
कडेल नेपालगन्जको न्युरोडमा रहेको न्यु होटेल ¥याडिसन सन्चालक हुन् । केहि वर्षअघिदेखी मात्रै होटेल व्यवसाय सन्चालन गरीरहेकि उनि पनि नेतृत्व तहमा समेत छिन् । हाल उनि होटेल व्यवसायी संघ बाँकेको महिला सदस्यमा निर्वाचित भएर काम गरीरहेकि छिन् ।  उनले सन्चालन गरेको होटेलले पनि करीव एक करोडको कारोवार गरीरहेको छ । यो होटेल उनले एक्लैले सन्चालन गरेकी हुन् । उनले होटेलसंगै कटेज पनि सन्चालन गरेकि छिन् ।
उनका श्रीमान नविनकुमार वम सुर्खेतमा ठेक्कापट्टाको काम गर्छन् । श्रीमानको जागीर भएपनि आफ्नै कमाईमा रमाउने चाहानाले एक्लैले व्यवसाय सुरु गरेको र व्यवसायमा सफल वन्दै गएको उनको अनुभव छ । वुवाले दिएको जग्गा वेचेर उनले नेपालगन्जमा होटेल व्यवसायको सुरुवात गरेकि हुन् । ३ छोराछोरीको साथमा सुर्खेतबाट नेपालगन्ज आएकि उनले अहिले यहि व्यवसाय मार्फत नेपालगन्जको सफल मिहेनेती होटेल व्यवसायीको पहिचान वनाएकी छिन् ।
मीना ढकाल
Image may contain: Mina Subedi Dhakal
ढकाल पनि नेपालगन्जमा करोडको व्यापार गर्ने व्यवसायी महिला हुन् । धम्वोझीमा रहेको म्याक्सवेल प्रिन्र्टस् प्रालीका सन्चालक हुन् । उनले म्याक्सवेलमा प्रवन्ध निर्देशकका रुपमा काम गर्दै आएकी छिन् । उनको पनि यो व्यवसायले करोड वढिको कारोबार गर्दै आएको छ । २०६८ सालमा प्राली स्थापना भएदेखी नै उनि यसैमा सक्रिय रुपमा काम गर्दै आएको बताउछिन् ।
हाल नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय सदस्य समेत रहेकि ढकाल साहित्य र समाजसेवामा पनि सक्रिय छन् । लायन्स क्लब ३२५ वि २ ईनोभेटिभको प्रथम उपाध्यक्ष समेत रहेकि उनी २०१९÷२० को अध्यक्ष वन्ने तयारीमा छिन् । साहित्य क्षेत्रमा क्रियाशिल बार्दली फाउण्डेसन लगायत विभिन्न सामाजीक संघसंस्थामा पनि उनको आवद्धता छ । उनका श्रीमान मुकुट ढकाल पनि व्यवसायी नै हुन् । श्रीमान श्रीमतिले संयुक्त रुपमा यो म्याक्सवेल प्रिन्र्टस् प्रालीलाई निरन्तरता दिइरहेका छन् । उनिहरु २ दशकदेखी यस क्षेत्रमा सक्रिय छन् ।
कस्मीरा खातुन कालीमीया
Image may contain: 1 person, outdoor and closeup
खातुन पनि नेपालगन्जमा करोडको कारोबार गर्ने महिलाको सूचिमा पर्छिन् । मुस्लीम समुदायबाट विभिन्न चुनौतिको सामना गर्दै उनि नेपालगन्को अव्वल महिला उद्यमीका रुपमा परीचित छिन् । नेपालगन्ज उपमहानगपालिका–२ घरवारी टोलमा उनको लुम्वेनी गार्मेन्ट सन्चालनमा छ । उनले व्यवसाय सन्चालन गरेको छोटो समयमै ठुलो उपलव्धी हात पार्ने सफल व्यवसायी पनि हुन् ।
मुस्लीम समुदायका नेपालगन्जमा करोडौको कारोबार गर्ने महिला उद्यमीका रुपमा उनिको नाम पहिलो नम्वरमा नै आउने गरेको छ । कालिमियाँका नामले परीचित खातुले २०६८ सालबाट व्यवसाय सुरु गरेकि हुन् । उनले सीलाइकटाइबाट व्यवसाय वढाउदै गार्मेन्टमा परीणत गरेकि हुन् । गतवर्ष विजुली सर्ट हुदा आगलाली भएपछि गार्मेन्टमा ठुलो क्षति पुग्यो । व्यवसाय सुरु गरेको ३ वर्षमा ७ करोडको कारोवार गरेकोमा आगलागी पछि अलिकति दुःख खेप्नुपरेको छ । उनले गार्मेन्टमा दर्जनौलाई रोजगारी दिएकि छिन् ।

Image may contain: 11 people, including Mina Subedi Dhakal, Rebati Singh, Rachana Shrestha, Radha Basnet and Uma Magar, people smiling, people standing
बाँकेमा करोडौको कारोबार सन्चालन गरीरहेका अन्य महिलाहरु पनि छन् । होटेल तिरुपति सन्चालक उमा ग्राण्डन, व्यवसायी रचना श्रेष्ठ, तारा रोकाय, मन्दिरा पाण्डे, रेवती सीँह लगायतका महिलाले लाखौदेखी करोडसम्मका व्यवसाय सन्चालन गर्नुका साथै नेतृत्व तहमा पनि सक्रिय रहेका महिला हुन् । उनिहरुको विभिन्न क्षेत्रको उद्योग व्यवसायमा छुट्टै प्रभाव छ । व्यापार, व्यवसाय, उद्योगमा मात्र होइन, शिक्षा, स्वास्थ क्षेत्रमा समेत उस्तै प्रभावशाली महिलाहरुले पकड वनाउदै गएका छन् । आफ्नो काममा उनिहरु अव्वल सावित हुदै गएका छन् । शशी स्वार, किरण आचार्य लगायतका महिलाहरु शिक्षा क्षेत्रमा अग्रप्रंतिमा देखीन्छन् ।
राजनीतिको कुरा गर्ने हो भने सवैभन्दा पहिला मुस्लीम नेतृ सांसद सर्वत आरा खान, प्रदेश ५ सभा सदस्य नमुना केसी, नेतृ मोहम्मदी सीद्धिकि लगायत जिल्लाका प्रभावशाली राजनीतिकर्मी महिला हुन् । त्यस्तै, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेकपाका नेत, विजया धिताल, शान्ति ढकाल लगायतका नेतृहरुको नाम पनि अग्रपंक्तिमा नै आउछ । पछिल्लो समय स्थानीय तहमा समेत वलीयो पकड भएका प्रभावशाली महिलाहरु रहेका छन् । नेपालगन्ज उपमहानगरपालीकाका उपमेयर उमा थापा मगर, कोहलपुर नगरपालीकाकी उपमेर सन्जुकुमारी थारु, खजुरा गाँउपालीकाका उपमेयर एकमाया विक लगायत अन्य पालीकाका उपमेयरहरु पनि प्रभावशाली महिलाहरु हुन् । हरेक क्षेत्रमा महिलाहरु शशक्त वन्दै गएका छन् ।
(नेपालगन्जमा क्रियाशिल पत्रकार निशु जोशीको ब्लगबाट साभार)
प्रकाशित मितिः     १८ जेष्ठ २०७६, शनिबार ०९:४४  |