बाँकेमा तारे होटलको संख्या नौं पुग्यो( कुन -कुन हेर्नुहोस्)


नेपालगन्ज २१ जेठ : बाँकेमा तारे होटलको संख्या मात्र नौं पुगेको छ । दुईवटा पाँच चारे सहित यहाँ नौं वटा होटल सन्चालनमा छन् । पश्चिम नेपालमा सबैभन्दा धेरै तारे होटल बाँकेमा रहेको पाईएको छ । पश्चिम नेपालको औद्योगिक र पर्यटनको ‘ट्रान्जिट’लाई हेरेर व्यवसायीहरुले होटल क्षेत्रमा लगानी गरेका हुन ।

यद्यपी संघीयता कार्यान्वयन पछि यहाँबाट महत्वपूर्ण सरकारी तथा गैरसरकारी कार्यालय अन्यत्र सरेपछि भने होटल व्यवसायलाई मर्का परेको छ । व्यवसाय सुस्त भएको महसुस गरिएको छ । होटल व्यवसायीहरुले मार्केटिङ्गलाई आक्रमकरुपमा लैजान थालेका छन् । यसक्षेत्रको पर्यटनक्षेत्रलाई प्रर्बधन हुन सके यहाँको होटल व्यवसाय थप फस्टाउन सक्ने भएकाले सरकारी तथा गैरसरकारी निकायले उचित ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः     २१ जेष्ठ २०७६, मंगलवार ०७:३३  |