भारतमा मुख्यालय रहेको क्लार्कस होटल ग्रुपसंग व्यवसायीक साझेदारी गरेसंगै नेपालगन्जको तारे होटल स्नेहाले आक्रमक ‘मार्केटिङ्ग पोलिसी’ अपनाउन थालेको छ । यो होटल नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा–होटल एशोसियनका केन्द्रीय सदस्य असित शमसेर जबरा (दम्पत्ती)को हो । पश्चिम नेपालमा होटल र पर्यटनक्षेत्रको विकासमा उनीहरुको भूमिका महत्वपूर्ण छ । महासंघ अध्यक्ष राणाले नेपालगन्जलाई पश्चिम नेपालको ‘टुरिजम हब’का रुपमा विकास गर्नुपर्नेमा जोड दिदै आएकी छन् । यसै कुरालाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न होटल स्नेहाले भारतीय होटल समूहसंग व्यवस्थापनमा सहकार्य गरेको हो । यहाँको सबैभन्दा पुरानो उक्त होटलको व्यवस्थापन गत बैशाख महिनादेखि क्लार्कस ग्रुपले सम्हाल्न शुरु गरेको हो र त्यसको आवासिय प्रबन्धक छन्, भारतीय नागरिक तोरबन घोस । उनले होटलको बजार प्रर्बधन गर्न आक्रमण नीति अपनाएको बताउँदै भने,–‘स्नेहा होटल पहिल्यैदेखि चर्चित छ त्यसमा हामीले थोरै इट्टा थप्ने काम गर्छौ । टिमको साथमा आक्रमकरुपमा बजारमा प्रस्तुत हुन्छौ ।’ नेपालगन्ज बिजनेशसंगको कुराकानीका केही अशं यहाँ प्रस्तुत गरिएको छ ।
बजारिकरणका लागि नेपालगन्ज–भारत जोड्ने
घोसले स्नेहा होटलको बजार प्रर्बधनका लागि भारतसंग सम्बन्ध बिस्तार गर्ने नीति अपनाउँदै छन् । त्यसै पनि क्लार्कस समूह भारतकै हो र त्यहाँ उसका दर्जनौ होटल छन् । पर्यटन र इभेन्टमा आधारित कार्यक्रममा भारतीय सेवाग्राहीलाई नेपालगन्ज ल्याउन क्लर्कस ग्रुपको भारतीय च्यानल स्नेहाका लागि उपयोगी सावित हुने छ । भारतको करोडौ जनसंख्या मध्ये थोरै सेवाग्राहीले पनि यहाँ आउने हो भने होटल भरिभराउ हुन सक्छन् । नेपालगन्जका अन्य तारे होटलले पनि नेपालगन्ज–भारत कनेक्सन गराएर पर्यटक भित्राउने लक्ष्य लिइरहेका छन् । स्नेहाका आवासिय प्रबन्धक घोसले नेपाल र भारतबीचको सम्बन्धमा नेपालगन्जको नाम ‘सबैले थाहा पाउने’ अवस्था सिर्जना गर्नुपर्ने र त्यसो हुन सके यहाँका होटलहरु भारतीय पर्यटकले भरिभराउन हुने बताए । भारतमा काठमाण्डौ, पोखरा चिनेजस्तै नेपालगन्जलाई पनि परिचित बनाउनमा जोड दिनुपर्ने उनको बुझाई छ ।

पर्यटनमा प्याकेज, लखनउमा नजर
स्नेहाले आगामी दिनमा पर्यटन प्रर्बधनलाई उच्च प्राथमिकता दिने छ । त्यसै पनि बर्दिया र रारामा रिर्सोट खोल्ने चर्चा छ । बाँके, बर्दिया रारा राष्ट्रिय निकुञ्ज अवलोकन गराएर उनीहरुलाई नेपालगन्जको ‘ट्रान्जिट’मा बास बसाउन सके पनि होटललाई राहात हुनेछ । होटल स्नेहाको आफ्नै स्नेहा टुर एण्ड ट्राभलस् छ । आगामी दिनमा त्यसलाई थप सक्रिय बनाउने घोसले बताए । भने,–‘काठमाण्डौं आएका पर्यटक चितवनसम्म आउँछन् । नेपालगन्जसम्म आउन मुस्किल पर्छ । अब भने पहिला नेपालगन्ज आएर काठमाण्डौतिर जाने बनाउन सक्नुपर्छ ।’ त्यसका लागि भारतमा बजार प्रर्बधन गर्ने उनको भनाई छ । स्नेहाले आगामी वर्षहरुमा मानसरोवर तिर्थयात्रीका लागि आफ्नै टुर एण्ड ट्राभलस्लाई अघि सार्ने छ । अहिले अरु नै टुर एण्ड ट्राभल्सको भर परिरहेका छन् ।
नेपालगन्जका होटल चलाउन टाडा जानै पर्दैन । छिमेकी उत्तरप्रदेशका सेवाग्राहीलाई आर्कषित गरे पुग्छ भन्ने आशय यहाँका होटल व्यवसायीहरुले पटक पटक व्यक्त गर्दै आएका छन् । स्नेहा होटलले पनि उत्तरप्रदेशको राजधानी लखनउबाट सेवाग्राही तान्ने नीति बनाइरहेको छ । लखनउमा आफ्नै होटल भएका कारण पनि सेवाग्राही तान्न उसलाई सजिलो हुनेछ ।
‘मेन्यु’ थपिए
नयाँ व्यवस्थापन आएसंगै मेन्यु थपिएको छ । नयाँ स्वाद होटलमा पाइन थालेको छ । हरेक बर्ग समुदायले खानमिल्ने गरी मेन्यू र मुल्य तयार गरेको घोसको भनाई छ । ‘सबै तह र तप्कालाई तारे होटलमा खानमिल्ने गरी सुबिधा दिन्छौ ।’ उनी भन्छन्,–‘पैसा धेरै लाग्छ भनेर यहाँ नआईदिने कसैले गर्ने छैनन, अब ।’
इभेन्टमा आधारित कार्यक्रम बढाउने

स्नेहले आगामी दिनमा इभेन्टमा आधारित कार्यक्रमलाई प्राथमिकता दिने घोसले बताएका छन् । नेपाली र भारतीय चर्चित कलाकारलाई भित्रा्एर आगामी दिनमा कार्यक्रम गरिने उनको भनाई छ । ‘इभेन्ट कार्यक्रमले सेवाग्राहीलाई मनोरन्जन प्रदान गर्ने मात्र नभई होटलमा तान्न सहयोग गर्छ । हामी आगामी दिनलाई यसलाई प्राथमिकतामा राख्छौ ।’–घोसले भने ।
नयाँ कार्यक्रम : लखनउनको वेडिङ्ग सेरोमोनी नेपालगन्जमा !
लखनउको बिवाह कार्यक्रम स्नेहा होटलमै आयोजना गराउने गरी बजार प्रर्बधनमा यतिबेला लागेको घोसले बताए । सम्भवत यहाँका लागि यो कुरा नयाँ हुन सक्छ । घोसले लखउनको दुईवटा बिवाहको वेडिङ्ग सेरोमोनीको बुकिङ्ग गराइसकेका छन् । यसलाई व्यवसायीक बनाउन काम गरिने घोसले बताए । तर यो कसरी सम्भवत छ त ? उनी भन्छन्,–‘भारतमा दुलाह, दुलहीका सबै परिवार बिदेशमा गएर वेडिङ्ग सेरोमोनी मनाउने टे«ण्ड शुरु भइसकेको छ । लखनउमा पनि हाइप्रोफाईल मान्छेहरु यस्तो गर्छन । उनीहरुलाई नजिकको नेपालमा ल्याउन सकिने आधार छन् ।’ एकैपटक सात सय जनाको बिवाह उतार्न सक्ने क्षमता भएका कारण वेडिङ्ग सेरोमोनी यही गराउन सकिने उनको भनाई छ ।
मानसरोवरले मात्र धान्न सकिन्न
दुई महिनाको नेपालगन्जको बसाईका क्रममा घोसले यहाँको होटल व्यवसायको बारेमा बुझ्ने अवसर पनि पाए । यो छोटो बसाईमा उनले मानसरोवर सिजनले मात्र होटल धान्न नसक्ने निष्कर्ष निकालेका छन् । भन्छन्,‘तीन महिनाको सिजनले नौं महिना होटल चल्दैन । नयाँ योजनामा ध्यान दिनैपर्छ । यहाँका राम्रो सम्भावना छ ।’
नेपालमा हस्पिटालिटीक्षेत्रमा भारतीय व्यवस्थापन सफल छ । आफु पनि सफल हुने दाबी
हस्पिटालिटीक्षेत्रमा राजधानी काठमाण्डौं होस् चोह नेपालगन्ज । धेरै ठाउँमा भारतीय व्यवस्थापन समूह छ । त्यसमा सफल रहेको घोसको दाबी छ । होटल स्नेहा पनि सफल भइछाड्ने बताउँदै उनी भन्छन्,–‘स्नेहा अब दौडिन्छ ।’