हिमाली जिल्ला हुम्ला अथाहा पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । मानसरोवरको प्रवेशद्वार भनेर चिनिने हिल्सा हुम्लाको उत्तरी नाका हो । लाखौंको संख्यामा भारत लगायतका देशहरुबाट धार्मिक पर्यटकहरु हुम्लाको सिमिकोट विमानस्थलबाट यसै मार्ग हुँदै तिब्बतको कैलाश मानसरोवर जाने गरेका छन् । खार्पुनाथलाई कैलाशको मानसरोवरको प्रवेशद्वार पनि भनिन्छ मानसरोवर जाने पर्यटकहरु सुर्खेत र नेपालगञ्ज विमानस्थल हुँदै हुम्लाको सिमिकोट विमानस्थल पुग्छन् । सिमिकोटबाट हिल्सा नाकासम्म हेलिकप्टर प्रयोग गरेर गरिन्छ । त्यसैले गर्दा सिमिकोट विमानस्थल काठमाडौं पछिको दोश्रो व्यस्त विमानस्थल मानिन्छ । असारदेखि भदौसम्म दैनिक धेरै हवाईजहाजले उडान भर्दै आएको नागरिक उड्डेयन कार्यालय हुम्लाले बताएको छ ।
नेपालगन्जका युवा नारायण ओलीले आज बिहान खिचेको सिमिकोटको तस्वीर