कोशेली घर अब आफ्नै भवनमा


नेपालगञ्ज – महिला उद्यमी संघ बाँकेलाई नेपालगञ्ज उपमहानगरपालिकाले ‘कोशेली घर’ हस्स्तान्तरण गरेको छ । आज शुक्रवार मेयर डा. धवल शमसेर राणाले रिवन काटेर कोशेली घरको नवनिर्मित भवनको उद्घाटन गर्दै संघलाई हस्तान्तरण गरे ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेको रु १३ लाख बढि आर्थिक सहयोगमा जय बागेश्वरी स्कुल जाने बाटोमो स्थायी संरचना तयार भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. २ ले जग्गा उपलब्ध गराएपछि कोशेली घर बन्न सम्भवत भएको अध्यक्ष शुसिला गौतमले जानकारी दिईन ।

महिला उद्यमी संघको सटर भाडामा लिएर कोशेली घर सञ्चालन गर्दै आएको छ । अब भने आफ्नै घरमा सरेर अझ राम्रोसंग सञ्चालन गर्ने महासचिव सावित्रा बस्नेतले जानकारी दिईन । महिला उद्यमी संघकी केन्द्रीय सदस्य सरस्वती शर्माले ग्रामिणक्षेत्रमा उत्पादन भएका बिभिन्न सामाग्री विक्री बितरणका लागि कोशेली घर स्थापना गरेको र त्यसमा महिलाद्धारा उत्पादन गरेका सामाग्रीलाई प्राथमिकता दिइएको बताईन ।

उद्घाटन कार्यक्रममा मेयर राणा, वडा अध्यक्ष सुनिलसिंह हमाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     २४ श्रावण २०७६, शुक्रबार १८:०३  |