शहरी विकास मन्त्री ईस्तियाक राईले गृहनगरमा यसरी मनाउँदै छन् ईद


नेपालगञ्ज – शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले गृहनगर नेपालगञ्जमा ईदउल अजाहा बकर इद पर्व मनाएका छन् । ईदको शुभकामना दिदै मन्त्री राईले यस्ता पर्वले नेपाली समाजलाई एकताको सुत्रमा बाध्न सहयोग पुग्ने बताए । मन्त्री राईले धार्मिक सहिष्णुता र सद्भाव कायम गर्न सहयोग पुगोस् भन्दे कामना गरेका छन् । नेपालगञ्जका बिभिन्न मस्जिदमा भेला गएर मुस्लिम समुदायले भव्यतापूर्वक इद मनाइरहेका छन् । एकअर्काप्रति अंकमाल गर्दै शुभकामना साटासाट गरेका छन् । मुस्लिम समुदाय मात्र नभई हरेक समुदाय ईदको हर्षोल्हासमा सहभागि छन् ।

प्रकाशित मितिः     २७ श्रावण २०७६, सोमबार ०९:४९  |